Trending

माधव नेपाललाई भेट्न शिक्षण अस्पताल पुगे देउवा र प्रचण्ड

975Views
0 Shares

६ पुस, काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न अस्पताल पुगेका छन् ।

रुघाखोकी, ज्वरो र छातीमा संक्रमण भएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेपाललाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड पुगेका हुन् ।

उनीहरुले नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै केही समसामयिक राजनीतिक विषयमा कुराकानी गरेका नेताहरु निकट स्रोतले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि दावी पेश गर्न १० पुससम्मको समय दिएकी छन् । चर सत्तारुढ दलभित्र शक्ति बाँडफाँटमा सहमति हुन सकेको छैन ।नेताहरुले राष्ट्रपति, प्रधानमन्त्री, सभामुखसहित प्रमुख पदलहरुमा प्याकेजमै सहमति गर्नुपर्ने धारणा राख्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय