Trending

मेसीको इन्स्टाग्राम पोष्टले बनायो कीर्तिमान

970Views
0 Shares

६ पुस, काठमाडौं

अर्जन्टिनाका कप्तान लियोनल मेसीको पोष्टले इन्स्टाग्राममा नयाँ कीर्तिमान बनाएको छ ।

विश्वकप फुटबलको उपाधि जितेपछि मेसीले पोष्ट गरेको फोटो ग्यालरीसहितको स्ट्याटस इन्स्टाग्रममा अहिलेसम्मकै सर्वाधिक लाइक गरिएको पोष्ट बनेको हो । मेसीको त्यो पोष्टलाई अहिलेसम्म ६ करोड ८४ लाखले लाइक गरेका छन् ।

आइतबार कतारमा भएको विश्वकप फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराएर अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप जितेको हो । मेसीले भने करिअरको पहिलो विश्वकप उपाधि जितेका हुन् ।

मेसीको इन्स्टाग्राम पोष्टले अन्डाको फोटोको पोष्टको कीर्तिमानलाई तोडेको हो । अन्डाको उक्त पोष्टलाई ५ करोड ७७ लाखले लाइक गरेका छन् । तर त्यो अन्डाको पोष्ट गर्ने वर्ल्ड रेकर्ड एग नामको एकाउन्ट कसले खोलेको भन्नेमा विभिन्न मत छ ।

एउटा सामान्य अण्डाको फोटोले यति धेरै लाइक कसरी आकर्षित गर्न सफल भयो भन्ने बारे धेरै अनुमानहरू छन् । यो एउटा ठूलो कम्पनीको मार्केटिङ चाल हो र उसले लाइक किनेको भन्ने आरोप पनि छ ।

तर बेलायती विज्ञापन कार्यकारी क्रिस गोडफ्रेले त्यसबेलादेखि नै आफूले अरू दुई जनासँग मिलेर यसलाई सिर्जना गरेको दाबी गरेका छन् ।उनीहरूले आफूहरूको एकमात्र उद्देश्य सकेसम्म धेरै लाइकहरू प्राप्त गर्नु रहेको र त्यसमा आफूहरु सफल भएको बताउने गरेका छन् । अन्डाको उक्त पोष्टले माएल जेनरको कीर्तिमानलाई तोडेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय