• Home
  • ताजा समाचार
  • मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त
Image

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको दूतमा नियुक्त

काठमाडौं  पुष ५

मिस नेपाल प्रियंकारानी जोशी नागरिक उड्डयन प्राधिकरणको ब्राण्ड एम्बेसडर नियुक्त भएकी छन् ।

हिडन ट्रेजर र प्राधिकरणबीच एमओयूमा हस्ताक्षर भएको छ । नयाँ मिस नेपाल नआएसम्म प्रियंका प्राधिकरणको व्यवसायिक दूत हुनेछिन् ।आगामी वर्ष आउने मिस नेपाल पनि एकवर्ष व्यवसायिक दूत नियुक्त हुने जानकारी हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले दिए । सम्झौता भएअनुसार प्रियंकाले प्राधिकरण मातहत रहेका विमानस्थललाई प्रवद्र्धन गर्ने भएकी छन् ।

संचालन भैसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र जनवरी १ देखि संचालन तयारीमा रहेको पोखराको अन्तर्राष्ट्रिय विमानस्थल प्रवद्र्धनमा प्रियंकाले भूमिका खेल्नेछिन् ।

विश्व सुन्दरी प्रतियोगिताको चिनारी भिडियोमा समेत ती दुई विमानस्थलको दृश्य र बाइट राख्ने सहमति पनि भएको छ । प्राधिकरणको व्यवसायिक कार्यमा पनि प्रियंकाले सघाउने सहमति जुटेको छ । यसै महिना जोशी नेपाल टेलिकमको समेत व्यवसायिक दूत नियुक्त भएकी छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *