• Home
  • ताजा समाचार
  • गगन-शेखर समूहको एम्बास्डर होटेलको छलफल सकियो, बसेरामा पुन: बस्ने
Image

गगन-शेखर समूहको एम्बास्डर होटेलको छलफल सकियो, बसेरामा पुन: बस्ने

५ पुस, काठमाडौं

संसदीय दलको नेताको निर्वाचनमा साझा उम्मेदवार तय गर्ने विषयमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेता शेखर कोइराला पक्षबीच अझै समझदारी जुटेको छैन । लाजिम्पाटस्थित होटल एम्बास्डरमा बिहान साढे ८ बजेदेखि बसेको बैठक टुंगोमा पुगेन ।

कोइराला र थापाबीच होटेल बसेरामा पुनः छलफल गर्ने भन्दै नेताहरु होटल एम्बास्डरबाट बाहिरिएका छन् ।

बैठकपछि कांग्रेस नेता अर्जुन नरसिंह केसीले आफूहरुको समूहबाट दुई जनाको उम्मेदवारी दर्ता नहुने बताए ।

कांग्रेसको संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । मनोनयन दर्ताको समय अगाडि नै समझदारीमा पुग्ने प्रयासमा थापा र कोइराला पक्षका नेताहरु छन् ।

थापा र कोइराला पक्षबीच सोमबार पनि छलफल भएको थियो । तर टुंगोमा पुग्न नसकेपछि आज पनि छलफल भएको हो । होटल एम्बास्डरको छलफलमा थापा र कोइरालासँगै सञ्जय गौतम र रामनाथ अधिकारीसमेत सहभागी थिए ।

थापाले निर्वाचन अगाडि नै प्रधानमन्त्री बन्ने बताएका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको छैन ।

संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *