• Home
  • ताजा समाचार
  • जनमत पार्टीले छान्यो उपनेतासहित प्रमुख सचेतक र सचेतक
Image

जनमत पार्टीले छान्यो उपनेतासहित प्रमुख सचेतक र सचेतक

४ पुस, काठमाडौं 

प्रतिनिधि सभा सदस्यमा ६ सिट जितेको जनमत पार्टीले संसदीय दलका नेतासहितका पदाधिकारी चयन गरेको छ ।

काठमाडौंको बुद्धनगरमा बसेको बैठकले दलको उपनेतामा अब्दुल खान, प्रमुख सचेतकमा अनिता साह, सचेतकमा विनिता सिंह दनुवारलाई चयन गरेको  जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले जानकारी दिए ।

यस्तै बैठकले सचिवमा गोमा लाभ सापकोटा र कोषाध्यक्षमा सोनु मुर्मुलाई चयन गरेको छ । अन्य दलले यसअघि संसदीय दलको सचिव र कोषाध्यक्ष चयन गर्ने परम्परा नभए पनि जनमत पार्टीले यी पदमा पनि चयन गरेको हो ।

संसदमा १० सिट नपुगेका कारण जनमत पार्टीका प्रमुख सचेतक तथा सचेतकहरुले संसद सचिवालयबाट थप सुविधा पाउने छैनन् । तर जनमत पार्टीले सिंहदरबारमा दलको कार्यालय र कार्यालय सञ्चालनका लागि आवश्यक खर्च र कर्मचारी भने पाउने छ ।जनमत पार्टीको आइतबारको बैठकले नै दलको नेतामा अध्यक्ष डा. सिके राउतलाई चयन गरेको थियो ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *