• Home
  • ताजा समाचार
  • माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ : राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन्
Image

माओवादी पदाधिकारीलाई प्रचण्डको ब्रिफिङ : राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्छन्

३ पुस, काठमाडौं 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ राष्ट्रपति राजनीतिक व्यक्ति नै बन्ने बताएका छन् ।

सोमबार बसेको पार्टी पदाधिकारी बैठकमा समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराउँदै उनले संविधानप्रति प्रतिवद्ध राजनीतिक व्यक्तिलाई नै राष्ट्रपति बनाउने मोटामोटी सहमति भएको बताएका हुन ।

‘राष्ट्रपतिबाट गैरराजनीतिक क्षेत्रबाट होइन, राजनीतिक दलबाटै हुन्छ’, प्रचण्डको भनाइबारे एक पदाधिकराीले अनलाइनखबरसँग भने, ‘तर, संविधानमा प्रतिवद्ध मान्छेलाई बनाउनुपर्छ भन्नेमा मुख्य दलहरुबीच करिब–करिब सहमति छ ।’

त्यस्तै उनले शक्ति बाँडफाँटबारे सत्तारुढ गठबन्धनमा व्यवस्थित रुपमा छलफल नभएको भन्दै प्रचण्डले अहिले नै त्यसको ठोस खाका बन्न नसकेको बताएक थिए ।

‘यसबारे गठबन्धनमा अझै व्यवस्थित छलफल भएको छैन’, उनले भने, ‘देउवाजीले संसदीय दलको नेता चयनपछि छलफल गरौंला भन्नु भएको छ ।’

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni २ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *