काठमाडौं २०७९ पुष १
बहुप्रतीक्षित हलिउड फिल्म ‘अवतार : द वे अफ वाटर’ शुक्रबारदेखि रिलिज भएको छ । नेपालमा पनि यो फिल्म उच्च शोका साथ प्रदर्शनमा आएको छ । शुक्रबार अन्य कुनै पनि नेपाली तथा भारतीय फिल्म रिलिज भएनन् ।
‘अवतार-२’को अग्रिम टिकट बिक्री केही दिनअघिबाटै थालिएको थियो । अग्रिम टिकट बिक्री आक्रामक देखिएको फिल्मलाई देशका सबैजसो मल्टिप्लेक्सले उच्च शो दिएका छन् । फिल्मले नेपालमा एक करोड रुपैयाँ बढीको ओपिनङ गर्ने प्रक्षेपण गरिएको छ ।











