मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते
By Anusha sijapati
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २० मंसिर
सुनसरीको हरिनगरा गाउँपालिका ६ मा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालिका घाइते भएकी छन् । को २० प ४१ ६४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बालिका घाइते भएकी हुन् ।
घाइते हुनेमा स्थानीय नैमुदिन मियाकी छोरी रुवेदा रहेकी प्रहरीले जनाएको छ। हाल उनको स्थानीय मेडिकलमा उपचार भइरहेको पनि प्रहरीले बताएको छ । मोटरसाइकलसहित चालक प्रहरी चौकी घुस्कीले नियन्त्रणमा लिएको छ ।
३ वर्ष अगाडि
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि