Image

बैतडीमा एक युवतीको विभत्स हत्या, एक बालिका घाइते

काठमाडौं, १५ मंसिर

बैतडीमा एक युवतीको धारिलो हतियारले घाँटी रेटेर विभत्स तरीकाले हत्या गरेको अवस्थामा शव फेला परेको छ । साथै अर्की एक बालिका घाइते अवस्थामा फेला परेकी छिन् । 

पञ्चेश्वर गाउँपालिका-४ का धनी लुहारकी २१ वर्षीया छोरी माया लुहारको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । उनको शव शिवनाथ गाउँपालिका-६ को शिवनाथ मन्दिर नजिकै जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी, पञ्चेश्वर-४ कै भरत लुहारकी १५ वर्षीया छोरी नेहा लुहारको घाँटीमा धारिलो हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको अवस्थामा शिवनाथ गाउँपालिका  र पञ्चेश्वर गाउँपालिकाको सीमानामा पर्ने लामाडाँगा भन्ने स्थानमा फेला परेकी हुन् ।

घाइते नेहालाई उपचारको लागि धनगढी रेफर गरिएको छ । उनको पनि घाँटीको रुद्रघण्टीमाथिको भाग धारिलो हतियार प्रयोग गरि काटिएको हुनाले बोल्न सक्ने स्थितिमा नरहेको बताइएको छ । उनलाई उपचारको लागि धनगढी लगिएको छ । 

माया र नेहा मंगलबार लुगा सिउन भनी घरबाट गएका र राति अबेरसम्म पनि नफर्किएपछि खोजतलास गर्दा माया मृत अवस्थामा भेटिएकी र नेहा घाइते अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

कात्तिक १६ देखि सरकारी कार्यालय बिहान ९-४ बजेसम्म खुल्ने

काठमाडौं, १५ कात्तिक । कात्तिक १६ गतेदेखि सरकारी कार्यालयको समय परिवर्तन हुने भएको छ । सरकारले जाडोयामको समयतालिकाअनुसार…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *