Image

गुजरातमा विधान सभा निर्वाचन

काठमाडौं, १५ मंसिर

गुजरात विधानसभा चुनावको पहिलो चरणको मतदान बिहीबार बिहान ८ बजेबाट सुरु भएको छ । १८२ सदस्यीय विधानसभाको ८९ सिटमा मतदान भइरहेको छ । पहिलो चरणमा ७८८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दोस्रो चरणको निर्वाचन डिसेम्बर ५ मा हुनेछ र नतिजा डिसेम्बर ८ मा घोषणा हुनेछ । चुनावअघि गुजरातको वांस्दामा गएराति भाजपाका एक उम्मेदवारमाथि अज्ञात व्यक्तिले आक्रमण गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

यसैबीच, प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा उल्लेख्य संख्यामा मतदाता सहभागी भएर निर्वाचनमा रेकर्ड कायम गर्न आह्वान गरेका छन् । ‘म आज मतदान गर्ने सबैलाई विशेष गरी पहिलो पटक मतदाताहरूलाई रेकर्ड संख्यामा आफ्नो मताधिकार प्रयोग गर्न आह्वान गर्दछु’, प्रधानमन्त्री मोदीले भनेका छन् ।
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *