Image

समयमै काम नसक्ने १४ ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं, १४ मंसिर

 सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १४ कम्पनीलाई कालोसूचीमा राखेको छ । बुधबार सार्वजनिक सूचना निकालेर कार्यालयले समयमै काम नसक्ने, निर्माण कार्य अलपत्र पार्ने विभिन्न १४ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको जानकारी दिएको हो । 

एक वर्षदेखि साढे दुई वर्षसम्म कालोसूचीमा राखेका ति कम्पनीसँग उक्त अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाल लिन नसक्ने कार्यालयले भनेको छ । 

कार्यालयले जारी गरेको सूचनाअनुसार भारत–सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको भने हाइग्रिवा–सिद्धि साई प्रकाश जेभीलाई दुई वर्षका लागि कालोसू्रचीमा राखिएको छ । बाँकी रहेका १२ वटा ठेकेरदार कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो । 

एक वर्षका लागि कालोसूचीमा परेका कम्पनीहरुमा हाइवे कन्स्ट्रक्सन प्रालि, विधि बिल्डर्स प्रालि, साइबाबा एन्ड तारा कन्स्ट्रक्सन, अनुकूल निर्माण सेवा, पाँचखाल कन्स्ट्रक्सन प्रालि, प्रभु निर्माण सेवा, सिद्धिजनक कन्स्ट्रक्सन एन्ड सप्लायर्स प्रालि, एसएसके निर्माण सेवा प्रालि, सुर्मादेवी कन्स्ट्रक्सन, नीलगिरि निर्माण सेवा प्रालि र नेसनल डेभलोपमेन्ट प्रालि र क्यानोन कन्स्ट्रक्सन प्रालि रहेका छन् । 
उनीहरुलाई कालोसूचीमा राख्न विभिन्न कार्यालयले सिफारिस गरेको थियो । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *