• Home
  • ताजा समाचार
  • हिमाल शर्माले भने- बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं
Image

हिमाल शर्माले भने- बाँकी मतदान केन्द्रमा भोट हालेर एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाऔं

काठमाडौं, १४ मंसिर

प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ मतगणना जारी छ । खसेको एक करोड नौ लाखमध्ये बिहीबार दिउँसो १२ बजेसम्म एक करोड मतगणना भइसकेको निर्वाचन आयोगले जनाएको छ । मतगणनाको नतिजाअनुसार २७ लाख मतसहित एमाले पहिलो स्थानमा छ । २५ लाख ५९ हजारसहित नेपाली कांग्रेस दोस्रो स्थानमा छ । माओवादी तेस्रो, राष्ट्रिय स्वतन्त्र पार्टी चौथो र राप्रपा पाँचौं स्थानमा छन् ।

तर, अझै पनि राष्ट्रिय पार्टी बन्न एकीकृत समाजवादी संघर्षरत छ । बरु पहिलो निर्वाचनमा भाग लिएको जनमत पार्टीले ३ प्रतिशत थ्रेसहोल्ड पार गरेको छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले अहिलेसम्म दुई लाख ८२ हजार मत प्राप्त गरेको छ । यो मतले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्नबाट वञ्चित हुने भएको छ । अझै दोलखा, बाजुरा र स्याङ्जा २ मा मतगणना गर्न बाँकी छ । 

दोलखाका १० मतदान केन्द्रमा शुक्रबार पुनः मतदान हुँदै छ । त्यसैले सो निर्वाचनमा एकीकृत समाजवादीलाई सत्तागठबन्धनले आफ्नो समानुपातिक मत खसाएमा थ्रेसहोल्ड कट्ने र राष्ट्रिय पार्टी बन्ने सम्भावना पनि बाँकी नै छ । त्यसमा पनि बाजुरा र स्याङ्जा २ मा १० हजार मत प्राप्त गरे एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न पनि सक्छ ।

यसैबीच, माओवादी केन्द्रका नेता हिमाल शर्माले एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बनाउन बाँकी मतदान केन्द्रमा कलम चिह्नमा मतदान गर्नुंपर्ने बताएका छन् । नेता शर्माले बिहीबार सामाजिक सञ्जालमार्फत सो धारणा अघि सारेका हुन् । उनले लेखेका छन्, ‘गठवन्धनीय दलहरुलाई मेरो एउटा सानो प्रस्तावः पहिलो कुरा अबको  बाँकी गणनामा आफै ३ प्रतिशत पुगोस् कामना गरौ । थोरैले अपुग हुन गएमा अब चुनाव हुन बाँकी रहेका मतदान केन्द्रमा प्रतिनिधिसभाको समानुपातिकतर्फ कलम चिन्हमा मतदान गरेर नेकपा (एकीकृत समाजवादी) लाई राष्ट्रिय पार्टी निर्माण हुनमा सहयोग गरौं ।’

यदि एकीकृत समाजवादीले बाँकी गणनामा दुई लाख ९५ हजार मत ल्याएमा र दोलखाको बाँकी १० मतदान केन्द्रमा कांग्रेस, माओवादीले पनि कलम चिन्हमा मत खसाले एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्ने र कम्तीमा चार सांसद पाउने सम्भावना भने अझै बाँकी छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *