• Home
  • ताजा समाचार
  • स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?
Image

स्वतन्त्र पार्टीमाथि ओलीको कटाक्ष : अमेरिकन पार्टीको हुबहु चुनाव चिन्ह यता कसरी आयो ?

काठमाडौं, १३ मंसिर

एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह हुबहु मिलेकोप्रति कटाक्ष गरेका छन् । च्यासलस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित बधाई कार्यक्रममा अध्यक्ष ओलीले चुनावअघि अस्तित्वमै नरहेको पार्टी एक्कासी कसरी ठूलो बन्यो भन्दै प्रश्न समेत गरे ।  

अध्यक्ष ओलीले भने, ‘संयोग होला अमेरिकाको फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै यता पनि लिएर आएका छन् । अस्तिसम्म स्वाप्पै थियो । अहिले कसरी हुप्प फुल्यो ।त्यतातिर पनि केही होला । त्यतातिर नजाऔं ।’

अमेरिकी फ्रिडम पार्टीको चुनाव चिन्ह पनि घण्टी रहेको पाइएको छ । रास्वपा र अमेरिकन फ्रिडम पार्टीको लागो समेत उस्तै उस्तै रहेको पाइएको छ । उनले निर्वाचनमा सरकारले धाँधली गरेको समेत बताए ।

सर्वसाधारणमाथि धडपकड र गोली प्रहार गर्ने कार्य गरेर गठबन्धन सरकारले निर्वाचन पक्षपातपूर्ण बनाएको बताए । उनले थापाथलीस्थित सुकुम्वासी बस्तीमा बल प्रयोग गरेर हटाउन खोज्नु उचित नभएको पनि टिप्पणी गरेका छन् । 
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ३ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ४ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *