• Home
  • खेलकुद
  • नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप
Image

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप

काठमाडौं, १३ मंसिर

नेपालमा पहिलोपटक दक्षिण एसियाली टेबल टेनिस च्याम्पियनसिप २०२२ आयोजना हुने भएको छ ।  अखिल नेपाल टेबल टेनिस संघले प्रतियोगिता मंसिर २२ देखि २५ गतेसम्म लौनचौरस्थित प्रशिक्षण केन्द्रमा आयोजना हुने बताएको हो । 

संघका अध्यक्ष चतुरानन्दराज वैद्यले प्रतियोगिताको लागि तयारी भइरहेको जनाए । ‘नेपालमा हुने निर्णयसँगै हामीले अन्तिम तयारी गरिरहेको छौं,’ चन्दले भने ।  प्रतियोगितामा नेपालसहित ६ राष्ट्रको सहभागीता रहनेछ । भुटानसँग भने अन्तिम सल्लाह भइरहेको चन्दले बताएका छन् । 

यस प्रतियोगिता ६० भन्दा बढी खेलाडीको सहभागिता रहने प्रतियोगिताको निर्देशक शंकर गौतमले  बताए ।  लिग कम नकआउट आधारमा हुने प्रतियोगिताबाट महिला तथा पुरुष पाँच–पाँच खेलाडी छनोट हुनेछन् । छनोट हुने खेलाडी एसियन च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । यसबाट छनोट हुने खेलाडी विश्व च्याम्पियनसिप छनोटमा सहभागी हुनेछन् । 

विश्व टेबल टेनिस च्याम्पियनसिप क्षेत्रीय छनोटका रूप काठमाडौमा हुन लागेको प्रतियोगितामा नेपालको पुरुषतर्फ रुविन महर्जन, प्रदीप रोक्का, संयोग कपाली, विनेश खनिया र शिवसुन्दर गोथे सहभागी हुनेछन् । यसैगरी महिलातर्फ नविता श्रेष्ठ, एलिना महर्जन, रविना महर्जन, शिखा सुवाल र इभाना थापामगर रहेका छन् । 

नेपाली टोलको मुख्य प्रशिक्षकमा संजीव ढुंगेल र सहायकमा संजय अर्याल र सन्ध्या शाक्य छन् । ढुंगेलले मुख्य खेलाडी स्यान्टु श्रेष्ठ नहुँदा केही दवाव हुने भएपनि अन्य खेलाडी क्षमतावान भएको बताए । ‘स्यान्टु नहुँदा केहि समस्या त हुन्छ । तर, अन्य खेलाडीसमेत क्षमतावान छन्,’ उनले भने । 
 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni ६ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *