• Home
  • समाचार
  • पत्रकार दिपा दाहाललाई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’
Image

पत्रकार दिपा दाहाललाई ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’

काठमाडौं, १३ मंसिर । यस वर्षको ‘विजयबाबु स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार दिपा दाहाललाई प्रदान गरिने भएको छ । विजयबाबु खत्रीको एघारौं स्मृति दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा नेपाल समाचार केन्द्र प्रा.लि.की अध्यक्ष लक्ष्मी श्रेष्ठ खत्रीले पत्रकार दाहाललाई पुरस्कृत गर्ने निर्णय भएको जानकारी दिइन् । पुरस्कारको राशि ३४ हजार रुपैयाँ छ ।

पत्रकार दाहालले २०६२ मा सुर्खेतको रेडियो भेरीबाट पत्रकारिता सुरू गरेकी हुन् । त्यसयता रेडियो कान्तिपुर, अन्नपूर्ण पोष्ट, देशसञ्चार अनलाइन, कान्तिपुर टीभी काम गरेकी उनी हाल उकालो डटकममा वरिष्ठ संवाददाताको रूपमा कार्यरत छिन् । आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर गरेकी उनी विभिन्न पुरस्कारबाट पुरस्कृत छन् ।

पुरस्कार छनोटका लागि नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, नेपाल समाचार केन्द्र प्रा.लि.की अध्यक्ष खत्री र नेपाल समाचार केन्द्रद्वारा सञ्चालित न्युजकारोबार डटकमका प्रधान सम्पादक सन्तोष आचार्यसहितको समिति गठन भएको थियो । 

पत्रकारितामा सक्रिय रहँदारहँदै १२ मंसिर २०६८ मा रुपन्देहीको सालझन्डीमा भएको सडक दुर्घटनामा परी ३४ वर्षको उमेरमा विजयबाबु खत्रीको निधन भएको थियो । स्वर्गीय खत्रीको स्मृतिमा उनकी धर्मपत्नी लक्ष्मी श्रेष्ठ खत्रीले १२ मंसिर २०७५ मा अक्षय कोष स्थापना गरेकी हुन् । सोही अक्षय कोषमार्फत केन्द्रले हरेक वर्ष पुरस्कार प्रदान गर्दै आएको छ । 

 आगामी २४ मंसिरमा पुरस्कार प्रदान गरिने भएकाे छ । विजयबाबु पत्रकारिता पुरस्कारबाट पहिलो वर्ष ध्रुवहरि अधिकारी, दोस्रो वर्ष स्वर्गीय गोकर्ण गौतम र गत वर्ष केशव पौडेल पुरस्कृत भएका थिए ।
 

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *