Image

खोटाङमा १३ हजार एक सय मत बदर

काठमाडौं, १२ मंसिर

पर्याप्त मतदाता शिक्षाको अभावमा खोटाङमा प्रत्यक्ष र समानुपातिकमा गरी १३ हजार १०० मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले उपलव्ध गराएको अन्तिम मत परिणाममा उल्लेख तथ्यांकअनुसार प्रत्यक्षतर्फ पाँच हजार ६३९ मत र समानुपातिकतर्फ सात हजार ४६१ मत बदर भएको पाइएको छ । 

कुल एक लाख ४२ हजार ७९२ मतदाता रहेको जिल्लामा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ६७ हजार ४०८ मत खसेकामा दुई हजार ९८६ मत बदर भएको छ । यस्तै, ७४ हजार ६३९ मतदाता रहेको प्रदेश (क)मा ३३ हजार ९४४ मत खस्दा एक हजार ५५४ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । प्रदेशसभा (ख) मा एक हजार ९९ मत बदर भएको छ । ६८ हजार १५३ मतदाता रहेको देशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको थियो । 

प्रतिनिधिसभा समानुपातिकतर्फ खसेको ६७ हजार ९८९ मतमध्ये तीन हजार ६२० मत बदर भएको छ । यस्तै, ६७ हजार ४०७ मत खसेको प्रदेशसभा (दुबै क्षेत्र)मा तीन हजार ८४१ मत बदर भएको मुख्या निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमार्फत महिला स्वास्थ्य स्वयंसेविका प्रयोग गरेर मतदाता शिक्षा सञ्चालन गरे पनि बदरको दर अधिक देखिएको छ । मतदाता शिक्षाअन्तर्गत जिल्ला निर्वाचन कार्यालयले पनि स्थानीय तहमा पुगेर नमुना मतदान गरेको थियो । तर अपेक्षा गरेअनुसार मत बदर दर घटेको नदेखिएको तथ्यांकमा उल्लेख छ । विभिन्न दलबीच भएको चुनावी तालमेल तथा मतदाता शिक्षा प्रभावकारी नहुँदाको परिणाम अधिक मत बदर भएको अनुमान गरिएको छ ।

प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका रामकुमार राई ३१ हजार ३५१ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विशाल भट्टराईले २८ हजार ६८२ मत पाएका छन् । प्रदेश (क)मा एमालेका उम्मेदवार पाँचकर्ण राई १३ हजार १५७ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका वीरबलकाजी राईले ११ हजार ९६५ मत ल्याएका छन् । प्रदेशसभा (ख)मा कांग्रेसका उम्मेदवार भूपेन्द्र राई १६ हजार ४९६ पाएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रामप्रसाद दंगालले १४ हजार ३५६ मत पाएका छन् । 


Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *