Trending

लोसपा नेता शरतसिंह भण्डारी निर्वाचित

1.1kViews
0 Shares

काठमाडौं, ९ मंसिर ।

मधेस प्रदेशको इतिहासमा सबैभन्दा बढी मन्त्री बन्ने कीर्तिमान बनाएका लोसपा वरिष्ठ नेता शरदसिंह भण्डारीलाई जनताले आठाैंपटक अनुमोदन गरेका छन् । महोत्तरी २ बाट चुनावी प्रतिस्पर्धामा होमिएका भण्डारी २५ हजार १९० मत ल्याएर विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी तमलोपाका विजयकुमार सिंहलाई पराजित गरे । सिंहले ११ हजार १२० मत ल्याए । १४ हजार ७० को फराकिलो मतान्तरले सिंहलाई पछाडि पार्दै  भण्डारीले पुन: संसद् यात्रा तय गरेका हुन् ।

२०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका भण्डारी २०३८ सालमा राष्ट्रिय पञ्चायत निर्वाचनमा पहिलोपटक विजयी भएका थिए । २०३८ सालदेखि हरेक संसदीय निर्वाचनमा भाग लिँदै आएका भण्डारी २०७४ सालसम्म आइपुग्दा तीनपटक पराजित भए भने पाँचपटक विजयी बने ।

राष्ट्रिय पञ्चायत निर्वाचन २०३८ र २०४३ बाहेक उनी हरेकपटक फरक पार्टी परिवर्तन गरेर निर्वाचन लडेको देखिन्छ । चतुर नेताको पहिचान बनाएका भण्डारी २०५१ सालको आमनिर्वाचनमा स्वतन्त्र भएरसमेत विजयी भएका थिए ।

आफू सत्तामा पुग्न जुनसुकै पार्टीलाई प्रयोग गर्न पछि नपर्ने नेता भण्डारीले अहिलेसम्म ६ वटा दललाई प्रयोग गरेर सत्तामा पुगेका छन् ।उप्रधानमन्त्रीसमेत बनिसकेका भण्डारी विभिन्न मन्त्री र राज्यमन्त्री गरी १५औं पटकसम्म सरकारमा सामेल भएका छन् । २०७४ मा तत्कालीन राजपाबाट निकटतम प्रतिद्वन्द्वीलाई झन्डै दोब्बर मत अर्थात् ३० हजार ७ सय २२ मत ल्याएर उनी विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय