Trending

काठमाडौं–१ बाट निर्वाचित प्रकाशमान सिंहले बुझे प्रमाणपत्र

920Views
0 Shares

काठमाडौं, ९ मंसिर 

निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यलाई निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ । 

नयां बानेश्वरस्थित संसद भवनमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगले काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेसका प्रकाशमान सिंहलाई प्रमाणपत्र हस्तान्तरण गरेको हो । 

यसैगरी, आयोगले काठमाडौं क्षेत्र नम्बर १ (१ र २)बाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र श्रेष्ठ र सुरजचन्द्र लामिछानेलाई पनि प्रमाणपत्र दिएको हो । 

सिंहले राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्रलाई पराजित गरेका हुन् । सिंहले ७ हजार १४३ मत ल्याएर निर्वाचित हुँदा मिश्रले ७ हजार १८ मत ल्याएर पराजित भए । 

यसैगरी काठमाडौं– १ (१)मा कांग्रेसका दीपेन्द्र श्रेष्ठले राप्रपाका नविन शाहीलाई पराजित गरे । श्रेष्ठले ६ हजार ३०० मत ल्याएर विजयी हुँदा र शाहीले ३ हजार ५०४ मत पाउँदा पराजित भए । 

काठमाडौं–१ (२)मा सुरजचन्द्र लामिछानेले ४ हजार ५१० मतसहित एमालेका गणेशप्रसाद दुलाललाई हराउँदै विजयी भए । दुलालले २ हजार ७५३ मत ल्याए । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय