• Home
  • ताजा समाचार
  • राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन
Image

राजेन्द्र लिङ्देन अध्यक्ष भएपछि राप्रपाको अप्रत्यासित पुनरागमन

काठमाडौं, ८ मंसिर

२०६४ मा माओवादी र २०७० मा राप्रपाले अप्रत्यासित रूपमा समानुपातिक निर्वाचन प्रणालीतर्फ धेरै सिट पाएका थिए । ६०१ संविधानसभामा माओवादीले एक सय १० सिट समानुपातिकबाट पाएको थियो । प्रत्यक्षमा पनि त्यतिकै सिट जितेर ठूलो दल बनेको थियो । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने राप्रपाले समानुपातिकमा अप्रत्यासित नतिजा ल्याएको थियो । त्यसबेला गाई चुनाव चिन्ह भएको राप्रपाले चार सिट प्रत्यक्षमा र २४ सिट समानुपातिकमा प्राप्त गरेको थियो ।

नौ वर्षपछिको आमनिर्वाचनमा राप्रपाले जबर्जस्त कमब्याक गरेको छ । राप्रपामा अहिले राजेन्द्र लिङ्देन अध्यक्ष छन् । एक वर्षअघि भएको महाधिवेशनमा उनले कमल थापालाई पराजित गरेर नेतृत्व हातमा लिएपछि राप्रपामा शुद्धीकरण भएको यो निर्वाचनले पनि देखाउँछ । 

सत्तागठबन्धनलाई चुनौती दिँदै राप्रपाले धेरै प्रतिनिधिसभा निर्वाचनमा आफ्नो उम्मेदवार बनायो । एमालेसँग झापा ३, रुपन्देही ३ र बाँके २ मा तालमेल गरेर उसले नतिजा शतप्रतिशत आफ्नो पक्षमा पार्ने संकेत गरेको छ । झापा ३ मा अध्यक्ष राजेन्द्र लिङ्देन झन्डै तीन हजार मतान्तरले प्रतिस्पर्धी उम्मेदवार कांग्रेसका कृष्णप्रसाद सिटौलाभन्दा अघि छन् । अहिले पनि मतगणना जारी छ ।

बाँके २ मा राप्रपा महामन्त्री धवलशमशेर राणाले जितिसकेका छन् । उनले त्यहाँ जसपाका मोहम्मद इस्तियाक राईलाई पराजित गरे । रुपन्देही ३ मा राप्रपाका दीपक बोहोरा र कांग्रेसका बालकृष्ण खाणबीच थोरै मतान्तर छ । जसले पनि चुनाव जित्ने स्थिति छ ।

मकवानपुर १ मा सुरुदेखि नै तेस्रो स्थानमा रहेका दीपक सिंहले अहिले अग्रता हासिल गरेका छन् । अब दुईवटा वडाको मात्र मतगणना गर्न बाँकी छँदा उनले १२ सय मतले अग्रता लिएका छन् ।

काठमाडौं १ बाट राप्रपाका रवीन्द्र मिश्रले झन्डै झन्डै चुनाव जितेका थिए । उनी कांग्रेसका प्रकाशमान सिंहभन्दा एक सय २७ मतले पराजित भए । राप्रपाले अहिलेसम्म दुई सिट जितेको छ । चारमा अग्रता छ । यदि चारवटै जितेमा ६ सिट हुनेछ । रुपन्देही ३ पनि जितेमा सातवटा हुनेछ ।

समानुपातिकमा पनि राप्रपाले थ्रेसहोल्ड कटाउने देखिएकाले राप्रपाले यो निर्वाचनमा कम्तीमा १० जना सांसद जित्ने सम्भावना छ । १० सिटसहित प्रतिनिधिसभामा पुगेमा राप्रपा बलियो शक्ति बन्ने निश्चित छ ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni १ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni २ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni ४ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *