• Home
  • राजनीति
  • आफ्नै गृह जिल्लामा प्रदेश राजधानी लैजाने एमाले महासचिव पोखरेल पराजित
Image

आफ्नै गृह जिल्लामा प्रदेश राजधानी लैजाने एमाले महासचिव पोखरेल पराजित

काठमाडौं, ८ मंसिर

आफ्नो गृह जिल्लामा प्रदेश राजधानी लैजान विशेषा भूमिका खेल्ने एमाले महासचिव शंकर पोखरेल दाङ-२ बाट पराजित भएका छन् । उनलाई माओवादी केन्द्रकी रेखा शर्माले झिनो मतान्तरमा पराजित गरेकी हुन् ।

शर्माले पोख्रेललाई १९६ मतान्तरले पराजित गरेकी हुन् । अन्तिम परिणामअनुसार शर्माले २६ हजार आठ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका छन् ।

बुटवलमा अस्थाई राजधानी रहेकाे लुम्बिनी प्रदेश राजधानी दाङ लैजान मुख्यमन्त्री भएका बेला पोखरेलले विशेषा भूमिका खेलेका थिए । 

जनसंख्या, पुर्वाधार, अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षालगायत हरेक हिसाबले बुटवल स्थायी राजधानीका लागि उपयुक्त हुँदाहुँदै पनि तत्कालीन नेकपामा विवाद चुलिँदा अध्यक्षहरू केपी ओली र प्रचण्डलाई मनाएर पोखरेलकै जोडबलमा बुटवलबाट स्थायी राजधानी दाङ सार्ने निर्णय प्रदेशसभाले गरेको थियो । 

शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका सात अस्थायी राजधानी मध्ये ६ वटा यथास्थानमा कायम भएका थिए । तर, लुम्बिनीको मात्रै सार्ने निर्णय भएको थियो ।

तर, बुटवललाई प्रदेश राजधानी कायम गर्नुपर्छ भनेर जोड गर्दागर्दै पनि असफल भएका एमाले उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही-२ मा अग्रता हासिल गरेका छन् । प्राप्त पछिल्लो मतपरिणाम अनुसार पौडेलले १५ हजार पाँच सय ६६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले १४ हजार सात सय ३० मत प्राप्त गरेका छन् ।

त्यस्तै पाँचदलीय गठबन्धनको समर्थमा उम्मेदवार बनेका राष्ट्रिय जनमुक्ति पार्टीका केशव थापाले १२ हजार तीन सय ३४ मत ल्याएका छन् ।
 


Related Posts

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ५ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार सुनको…

ByByanjana soni १ हप्ता अगाडि

कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्य विजयी

काठमाडौं, ३० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन्। आचार्यले…

ByByanjana soni ३ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *