Image

पारिजातको फुल खानुका फाईदाहरु

काठमाडौं । मंसिर १६ गते
पारिजातको फुलको नाम नसुनेको मान्छे साएद बिरलै होलान् तर यसका फाईदा र बेफाइदाका बारेमा थाहा कमैलाई होला । पारिजात फूलका विभिन्न फाइदाहरु रहेका छन् ।पारिजातको फूल सुन्दरता र सजावटमा मात्र होइन, स्वास्थ्यका लागि समेत लाभदायी सिद्ध भएको छ ।बैज्ञानिक नाम निक्टान्थस भनिन्छ यसको अर्थ निशा पुष्प हो।

पारिजातको फूल अर्थात् अंग्रेजीमा यसलाई नाइट जस्मिन् भन्ने गरिन्छ । पौराणिक मान्यत अनुसार पारिजातको वृक्ष स्वर्गबाट धर्तीमा ल्याइएको थियो । नरकासुर दैत्यको वध गरेपछि एक पटक भगवान श्रीकृष्ण स्वर्गमा गएका थिए ।

त्यहाँ ईन्द्रले भगवानलाई पारिजातको फूलले स्वागत गर्दै आरती उतारेका थिए ।त्यहि फूल भगवानले देवी रुक्मिणीलाई दिए । देवी सत्यभामालाई देवलोकमा देवमता अदितीले चिरयौवनको आशिर्वाद दिएकी थिइन् ।त्यहि बेला नारद मुनी त्यहाँ आए र उक्त फूलको प्रभावले देवी रुक्मिणी पनि चिरयौवन भएको कुरा बताए ।

त्यो थाहा पाएपछि सत्यभामा क्रोधित भएर श्रीकृष्णसँग पारिजात आफूलाई दिन जिद्दी गर्न थालिन् । भनिन्छ पारिजात वृक्ष समुन्द्र मन्थन गर्दा उत्पत्ति भएको थियो ।आज हामी पारिजातका बारेमा ५ चमत्कारि फाइदाहरु बारे तल उल्लेख गरिएको छ ।

पारीजातको फूलले तपाईको जीवनमा तनाव हटाउने काम गर्दछ । र त्यसको वास्नाले नै मनमा खुशी ल्याउँदछ । साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

पारिजातको यो फूल मात्र राति नै फुल्दछ । विहन हुनासाथ जमिनमा खस्न थाल्छ । यो पनि मानिन्छ कि, पारिजातको वृक्षलाई छोए मात्र पनि थकाई मेटिन्छ ।

हरिवंश पुराण्मा उल्लेख भए अनुसार पारिजातको वृक्ष तथा फूलले शान्ति तथा समृद्धि ल्याउने कुराको वर्णन गरिएको छ । तर पारिजातको वृक्ष उक्त व्यक्तिको घरमा भएमात्र त्यो सम्भव छ ।

१५ देखि २० वटा फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने विश्वास रहेको छ । यो कुरा हामी होइन, आयुर्वेदिक डाक्टरहरुको भनाई छ । एजेन्सीको सहयोगमा

यसले मुख्य गरी तपाईंको जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

Related Posts

पर्साको स्वास्थ्य क्षेत्रमा भरोसाको नाम बन्दै डा. निरज सिंह

वीरगञ्ज । पर्साको स्वास्थ्य क्षेत्रमा सक्रिय, अनुभवी र बिरामीको विश्वास जित्न सफल चिकित्सकका रूपमा डा. निरज सिंहको नाम…

ByByanjana soni ५ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *