Image

खोटाङः पुग्यो मतदान स्थलमा निर्वाचन सामग्री

काठमाडौं, १ मंसिर

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्या निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् ।

सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत रामाकान्त यादवले बताए । 

मतपत्र, मतपेटिका, मतदाता नामावली, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्रीसहित मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारी बस रिजर्भ गरेर मतदान स्थलतर्फ गएका छन् । निर्वाचनका लागि आवश्यक सामग्री सहित एक हजार ५५८ जना कर्मचारी परिचालन भएका छन् ।

मतदानस्थलको सुरक्षाका लागि करिब एक हजार आठ सय सुरक्षाकर्मी खटिएका छन् । निर्वाचन सामग्रीसहितका कर्मचारीको टोलीले बिहिबार आठ वटा बस रिजर्भ गरेकाछन् । बुधबार दुईवटा र मंगलबार पाँचवटा बस रिजर्भ गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका लागि ३८ वटा जीप रिजर्भ भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । 

दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङमा १३६ मतदान स्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्र तोकिएका छन् । मतदान केन्द्रमा चार वटाका दरले मतपेटिका पठाइएको छ । मतदानस्थल पुगेका कर्मचारीले मदिरा, हातहतियार, चुनावी प्रचार-प्रसार र शान्ति भंग गर्न निषेधसम्वन्धी सूचना टाँस गरेर मतदान केन्द्र निर्माणको थालनी गर्ने सहायक निर्वाचन अधिकृत यादवले बताए । 

यस्तै, शुक्रबारबाट मत गणनास्थल तयारीको काम सुरु गरिने छ । यस निर्वाचनमा एक लाख ४२ हजार ७९२ मतदाताले मताधिकार उपयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ । 


Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal १ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण स्थानीयलाई विपद् स्वयंसेवक तालिम ।

सुनसरीकाे गढीमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीले गढी गाउँपालिकाका २५ जना स्थानीयलाई समेटेर…

ByBySulav Rijal ४ हप्ता अगाडि

विराटनगर मोरङ ग्रामथान गाउँपालिका २ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा श्री देवी माध्यमिक विद्यालय, तेतरिया प्रथम हुन सफल भएको छ।

  मोरङ्गकाे ग्रामथान गाउँपालिका–२ स्थित श्री सरस्वती माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय हाजिरीजवाफ प्रतियोगितामा…

ByBySulav Rijal ४ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *