• Home
  • खेलकुद
  • विश्वकप खेल्ने पहिलो एसियाली टिमको रोचक तथ्य
Image

विश्वकप खेल्ने पहिलो एसियाली टिमको रोचक तथ्य

१ मंसिर, काठमाडौं

कतारमा आइतबारदेखि फिफा विश्वकप सुरु हुँदैछ । एसियामा विश्व फुटबलको ठूलो मेला आयोजना हुन लागेको यो दोस्रो पटक हो ।

यसअघि सन् २००२ मा जापान र दक्षिण कोरियाले संयुक्त रुपमा विश्वकप आयोजना गरेका थिए । त्यसको दुई दशकपछि विश्वकप एसियामा फर्कँदैछ ।

अझ कतारले त आयोजककै हैसियतले पहिलो पटक विश्वकप खेल्दैछ ।

त्यसो भए एसियाबाट विश्वकप खेल्ने पहिलो राष्ट्र कुन होला ?

धेरैको मनमा प्रश्न उठ्न सक्छ । यसको जवाफ अहिलेका एसियन पावर हाउसहरु जापान, दक्षिण कोरिया, इरान अनि एएफसीको सदस्यता लिएर सहभागिता जनाउन थालेको अष्ट्रेलिया पनि होइन ।

एसियाबाट विश्वकप खेल्ने राष्ट्रको नाम सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । तर, यो सत्य नै हो कि एसियाबाट विश्वकप खेल्ने पहिलो राष्ट्र डच इस्ट इन्डिज हो ।

जसलाई हाल इन्डोनेसियाको नामबाट चिनिन्छ ।

युरोपियन राष्ट्र नेदरल्याण्ड्सको उपनिवेशमा रहेकोले त्यसबेला डच इस्ट इन्डिजको नामबाट खेलेको थियो ।

एक खेल हारेर बाहिरियो

सन् १९३० मा उरुग्वेमा पहिलो पटक विश्वकप आयोजना भएको हो । सन् १९३८ मा फ्रान्समा भएको तेस्रो संस्करणको विश्वकपबाट मात्रै एसियन टिमले सहभागिता पाएको हो ।

एसियाको प्रतिनिधित्व गरेको डच इस्ट इन्डिज पहिलो खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरियो ।

सन् १९३८ को विश्वकपमा सिधै नकआउट अर्थात राउण्ड अफ १६ को खेल खेलाइएको थियो । सबै खेल नकआउट फर्म्याटमा थियो ।

जहाँ डच इस्ट इन्डिजको भेट युरोपियन राष्ट्र हंगेरीसँग भयो । १९३८ जुन ५ मा भएको उक्त खेलमा डच इस्ट इन्डिज ६(० ले पराजित हुँदै पहिलो चरणबाटै घर फर्किएको थियो ।

अचमद नाविरको कप्तानीमा डच इस्ट इन्डिजले विश्वकप खेलेको थियो ।

‘के भयो त्यसले खासै अर्थ राख्दैन, म इन्डोनेसियालाई रक्षा गर्छु,’ डच इस्ट इन्डिजका लागि खेलेका टिजाक पाटिवाएलले धेरै पटक भनेका छन् । जुन कुरा उनको छोरा योहानेसले भनेको फिफाले उल्लेख गरेको छ ।

पाटिवाएलले हंगेरी विरुद्धको सो खेलमा गोलसमेत गरेका थिए तर, अफसाइड हुँदा त्यसले मान्यता पाएन ।

जापानले नाम फिर्ता लिँदा पाएको अवसर

डच इस्ट इन्डिजको विश्वकप सहभागिता अझै रोमाञ्चक छ । त्यतिबेला एसिया क्षेत्रबाट छनोटका लागि डच इस्ट इन्डिज र जापान थिए । समूह १२ अन्तर्गत यी टोलीले छनोट खेल्नुपर्ने थियो । तर, जापानले नाम फिर्ता लिएपछि डच इस्ट इन्डिज सिधै विश्वकपमा छनोट भएको थियो ।

त्यसबेला चखलाग्दो कुरा के थियो भने डच इस्ट इन्डिजमा पनि दुई वटा फुटबल संघ थियो । एउटा डचको लागि र अर्को स्थानीय खेलाडीहरु भएको ।

दुवै संघबाट खेलाडीहरु छनोट गर्दै उनीहरु युरो भ्रमणमा निस्केका थिए । धेरै स्थानीय खेलाडीहरूले औपनिवेशिक शासकहरूको लागि खेल्न अस्वीकार गरेपछि यो सहज अनुभवबाट टाढा भए ।

दोस्रो विश्व युद्धपछि इन्डोनेसिया स्वतन्त्र भयो र १९५४ मा स्थापना भएको एसियन फुटबल महासंघ ९एएफसी० को संस्थापक सदस्य बन्यो । स्वतन्त्र भएपछि इन्डोनेसियाको रुपमा भने अहिलेसम्म विश्वकपमा छनोट हुन सकेको छैन ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *