• Home
  • खेलकुद
  • चेल्सीले वाट्फोर्डलाई उसकै मैदानमा हरायो
Image

चेल्सीले वाट्फोर्डलाई उसकै मैदानमा हरायो

काठमाडौं । मंसिर १६ गते
वाट्फोर्डलाई इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहेको चेल्सीले उसकै मैदानमा हराएको छ। वाट्फोर्डलाई उसकै मैदानमा २–१ गोल अन्तरमा हराउँदै चेल्सी शीर्ष स्थानमा कायमै रहेको छ।चेल्सीको जितमा मासन माउन्ट र हाकिम जियाले गोल गरेका थिए। घरेलु टोलीका इमानुयल डेनिसले एक गोल फर्काएका थिए।

भिकारेज रोड वाट्फोर्डमा गए राति भएको खेलमा चेल्सीका लागि खेलको २९ औं मिनेटमा मासन माउन्टले गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए।४३औं मिनेटमा इमानुयल डेनिसले गोल गर्दै पहिलो हाफमा खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए। खेलको ७२औं मिनेटमा हाकिम जियाचले गोल गर्दै चेल्सीलाई स्पष्ट जित दिलाएका थिए ।

यो जितसँगै शीर्षस्थानमा रहेको चेल्सीको १४ खेलबाट ३३ अंक पुगेको छ। चेल्सीले दोस्रो स्थानमा म्यानचेस्टर सिटीलाई एक तथा तेस्रोमा रहेको लिभरपुललाई २ अंकले पछि पारेको छ। पराजित वाट्फोर्ड १३ अंक जोडेर १७औं स्थानमा छ।

Related Posts

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni १ हप्ता अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *