Image

सन् २०१६ को राष्ट्रपति निर्वाचनकाे पिडा अझै छः मिसेल ओबामा

काठमाडाैं, १ मंसिर

अमेरिकी पूर्वप्रथम महिला मिसेल ओबामाले सन् २०१६ मा डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएपछि आफूलाई चोट परेको र त्यो क्षणले आफूलाई अझै पनि दुःखित बनाएको बताएकी छिन् । 

उनले बीबीसीलाई भनिन्, ‘सन् २०१६ को चुनावले अझै पीडा दिन्छ । यो सामान्य राजनीतिक पराजयभन्दा पनि धेरै कुरूप जस्तो लाग्यो ।’

उनले आफ्नो नयाँ पुस्तक ‘द लाइट वी क्यारी’ को विमोचनअघि बोल्दै सो भनाइ राखेकी हुन् । सन् २०२४ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको उम्मेदवार दिने बताइरहेका बेला मिसेलले ट्रम्पबारे टिप्पणी गरेकी हुन् ।

मिसेलले राष्ट्रपति निर्वाचनमा प्रतिष्प्रर्धाको सम्भावनालाई भने अस्वीकार गरिन् ।

‘अमेरिकीलाई फेरि महान र गौरवशाली बनाउने’ लक्ष्यसहित ट्रम्पले बुधबार आफूले पार्टीका तर्फबाट उम्मेदवारी दिने घोषणा गरेका थिए ।  ओबामा सन् २००९ देखि सन् २०१७ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *