• Home
  • ताजा समाचार
  • ‘उचाइ’लाई नेपाली कलाकारको साथ, पहिलो साताको कमाइ सवा करोड ग्रस
Image

‘उचाइ’लाई नेपाली कलाकारको साथ, पहिलो साताको कमाइ सवा करोड ग्रस

काठमाडौं, १ मंसिर 

 नेपालमा प्रदर्शन भइरहेको हिन्दी फिल्म ‘उचाइ’ले नेपाली कलाकारको समेत साथ पाएको छ । निर्देशकदेखि अभिनेतासम्मले फिल्म हेर्न आग्रह गरिरहेका छन् ।

नेपालमा छायांकन भएको र यहाँको पर्यटन प्रवद्र्धन गरेको भन्दै कलाकारले फिल्म हेरिदिन आग्रह गरेका हुन् । चलचित्र विकास बोर्डले ‘उचाइ’पछि अन्य बलिउड फिल्मलाई छायांकनको लागि नेपालमा ल्याउन पर्यटन बोर्डसँग सहकार्य गर्ने बताइसकेको छ ।

यस्तै पर्यटन बोर्डले ‘उचाइ’का निर्देशक र कलाकारलाई सम्मान गर्ने योजना रहेको उल्लेख गरेको छ ।

नेपालस्थित ‘लाइन प्रोड्युसर’ले बुधबार विशेष शोको आयोजना गरेका थिए जहाँ कलाकारले ‘उचाइ’ हेरे । उक्त विशेष शोमा नेपाली ढाकाटोपी लगाएर अतिथिले फिल्म हेरेका थिए । जुन भिडियोलाई ट्वीटरमार्फत सेयर गरेर अभिनेता अनुपम खेरले खुसी व्यक्त गरेका छन् ।

नेपालमा आक्रामक व्यापार नगरे पनि फिल्मले सन्तोषप्रद कलेक्सन चाहिं गरिरहेको छ । बुधबारसम्म नेपालमा फिल्मको कमाइ झण्डै एक करोड रुपैयाँ ग्रस छ । प्रक्षेपणअनुसार बिहीबार अर्थात् एक सातामा उचाइको कलेक्सन एक करोड ३० लाख रुपैयाँ ग्रस हाराहारीमा हुने देखिन्छ । बलियो वर्ड अफ माउथ पाएकाले चुनावपछि पनि फिल्म अझै अघि बढ्न सक्ने देखिन्छ ।

सुरज वर्जत्य निर्देशित फिल्म उचाइमा बलिउड स्टारहरु अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, परिणिता चोपडा लगायतको प्रमुख भूमिका छ ।

नेपाली कलाकार र प्राविधिकको समेत संलग्नता रहेकाले फिल्मलाई नेपालबाटै राम्रो प्रशंसा मिलिरहेको छ । नेपालमा छायांकन गर्दा फिल्मले २० करोड रुपैयाँभन्दा बढी खर्च गरेको अनुमान छ ।

शुक्रबार यो फिल्मलाई पर्यटनमन्त्रीसहित पर्यटन व्यवसायीले हेर्ने कार्यक्रम तय भएको छ । भारतीय बक्स अफिसमा उचाइले बुधबारसम्म १५ करोड ४६ लाख भारु कमाएको बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले उल्लेख गरेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ३ हप्ता अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni १ महिना अगाडि

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक

मिलन नेवार र सुमन केसीको नयाँ गीत ‘बोली देउ’ सार्वजनिक काठमाडौं — नेपाली सङ्गीत बजारमा प्रतीक्षित मानिएको नयाँ म्युजिक…

ByByanjana soni २ महिना अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *