• Home
  • ताजा समाचार
  • चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने
Image

चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

काठमाडौं, १ मंसिर 

 आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ । 

लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए । 

फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा केसी, खड्कबहादुर पुन ‘खबपु’को अभिनय छ । फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन् । 

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन् ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni २ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni २ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ४ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *