• Home
  • खेलकुद
  • यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने
Image

यू-१९ राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, पहिलाे खेलमा बागमती र गण्डकी भिड्ने

१ मंसिर, काठमाडौं 

 नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने वाईवाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । क्यानले बिहीबार सार्वजनिक गरेको खेलतालिका अनुसार प्रतियोगिता मंसिर ७ देखि १९ गतेसम्म हुनेछ ।

सात प्रदेशको टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा खेलाइनेछ । खेलहरु कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगिताको उद्घाटन खेलमा मंसिर ७ गते बागमति र गण्डकी भिड्नेछन् । खेल टीयू मैदानमा हुनेछ ।

उद्घाटन र फाइनल बाहेक अन्य दिन त्रिवि र मूलपानी दुवै मैदानमा खेल खेलाइनेछ । लिग पछि शीर्ष दुई टिमबीच फाइनल खेल मंसिर १९ गते हुनेछ ।

लुम्बिनी प्रतियोगिताको साविक विजेता हो । देव खनाल, अर्जुन साउद, आदिल आलमलगायत खेलाडी यसै प्रतियोगिताबाट चर्चामा आएका थिए । तीनै जनाले राष्ट्रिय टिममा समेत डेब्यू गरिसकेका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

बैंक कर्मचारी नीरज गुप्ता ठगीको जालमा परेको दाबी, न्यायका लागि गृह मन्त्रालयसम्

बैंक कर्मचारीलाई विश्वासमा पारी करोडौँ ठगी गर्नेहरूको पासोमा फसाइएको दाबी: पीडित कर्मचारीद्वारा गृह मन्त्रालयमा उजुरी वीरगन्ज व्यापारिक प्रयोजनको…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *