• Home
  • ताजा समाचार
  • नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रदीप यादव
Image

नारायणी अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्छु : प्रदीप यादव

काठमाडौं, ३० कात्तिक

पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्जको नारायणी अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्ने आफ्नो एजेण्डा रहेको बताएका छन् ।

बुधबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ७ र ८ का विभिन्न टोलमा चुनावी घरदैलोका क्रममा मतदातालाई भेट्दै यादवले यस्तो बताएका हुन् ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका जसपाका उम्मेदवार यादवले नारायणी अस्पतालमा थप सेवा सुविधा विस्तार गरेर यस अस्पताललाई मेडिकल कलेजका रुपमा परिणत गर्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने वाचा पनि मतदाता सामु गरे ।

उनले भने, ‘मेरो एजेण्डाको एउटा प्रमुख मुद्दा नारायणी अस्पताल पनि हो । अब फेरि सांसदमा जितेपछि नारायणी अस्पतालको विकास र प्रवर्द्धनका लागि काम गर्छु, ढुक्क रहनु होला ।’

विगत पाँच वर्षमा आफनै प्रयासका कारण नारायणी उपक्षेत्रीय अस्पतालबाट क्षेत्रीय अस्पतालमा परिणत भएको स्मरण पनि उनले गराए । उनले भने, ‘खासगरि गरिब निमुखाहरुको उपचार पाउने नारायणी अस्पतालमा धेरै सुधार हुँदै गएको छ । यद्दपी अझै धेरै काम गर्न बाँकी नै रहेको छ, त्यसका लागि आगामी कार्यकालमा म दिलोज्यानले लाग्नेछु ।’

नारायणी अस्पतालको पूर्वाधार विकासका लागि आएको बजेट कानुनी अड्चनका कारण अड्किए पनि अबको दिनमा त्यसलाई फुकाउँदै नारायणी अस्पतालमा थप सेवा सुविधालाई विस्तार गरेर यसलाई मेडिकल कलेजका रुपमा परिणत गर्नमा आफ्नो सबै शक्ति लगाउने उनले बताए  । जसपाको राजनीतिसमिति सदस्यसमेत रहेका यादवले भने, ‘नारायणी अस्पताल मेडिकल कलेज बनेपछि यहाँका बिरामीलाई उपचारका लागि अन्यत्र जानुपर्दैन । सस्तैमा उपचार पनि पाइन्छ । त्यसका साथै यहाँबाट अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यताको पनि अन्त्य हुन्छ ।

चुनावी घरदैलो कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री एवम् प्रदेशसभा सदस्य उम्मेदवार मोहम्मद लालबाबु राउत गद्धीका साथै जसपा र एमालेका नेता कार्यकर्ताहरुको पनि सहभागीता थियो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ९ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १३ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni २ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni २ दिन अगाडि

बाढीपीडितका लागि हिमालयन बुलियनको १ करोड १ लाख सहयोग, आईपीओमार्फत आम नेपालीलाई जोड्ने तयारी

काठमाडौं । नेपालको निजी क्षेत्रमा तीव्र गतिमा आफ्नो पहिचान बनाउँदै गएको हिमालयन बुलियन कम्पनी लिमिटेडले प्राकृतिक विपत्तिबाट प्रभावित…

ByByanjana soni ४ दिन अगाडि

बाढीपीडितको खोज, उद्धार र राहतका लागि नासा सेक्युरिटिजको ५० लाख सहयोग

  काठमाडौं । देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार तथा तत्काल राहत कार्यमा सहयोग…

ByByanjana soni ५ दिन अगाडि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni ६ दिन अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni १ हप्ता अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *