• Home
  • ताजा समाचार
  • (अन्तर्वार्ता) म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल
Image

(अन्तर्वार्ता) म पोखरेली जनताको साझा उम्मेदवार हुँ : श्रीनाथ बराल

काठमाडौं, ३० कात्तिक

कास्की- २ मा एकीकृत समाजवादीका उम्मेदवार  हुन्, श्रीनाथ बराल ।  पार्टीको पोलिटब्युराे सदस्यसमेत रहेका बराल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । उनले २०६४ को पहिलो संविधान सभा निर्वाचनमा कास्की २ बाट एमालेका रवीन्द्र अधिकारीलाई विजयी गराउन भूमिका खेलेका थिए ।  दोस्रो संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि रवीन्द्र जिताउन उसैगरी श्रीनाथ नै लागिपरे ।  यहाँ  एमालेकी विद्या भट्टराई उनकी प्रतिस्पर्धी हुन् ।   उनै श्रीनाथसँग न्युज कारखानाले गरेको कुराकानी :

चुनावको मिति नजिकिँदै गएको छ, ढुक्ढुकी कत्तिको बढेको छ  ?

ढुकढुकी कत्ति पनि बढेको छैन । कास्कीमा हामीले नै बनाएको मजबुद्ध संगठन र पाँच दलीय गठबन्धनका कारण म जितको नजिक छु । राम्रो भएको छ । जति चुनाव नजिकिँदै छ, हामी त्यही उत्साहित छौँ । 

सधैँ एमाले उम्मेदवार जिताउन लागि परेको तपाईं यसपटक आफै उम्मेदवार हुनुहुन्छ ? टिकट पाउनलाई पार्टी नै परिवर्तन गर्नु पर्‍याे है ?

होइन । एउटा परिस्थितिले त्यस्तो हुन पुग्यो । एमालेमा छँदा मलाई अन्याय भएको थियो । तर, अहिले काम गरेर देखाउने बेला आएको छ । अहिले सबै दलका नेता कार्यकर्ताहरूको साथ समर्थन मलाई छ । एमालेजनहरूले पनि मलाई नै माया गर्नुहुन्छ । सबैको मतले बहुमत ल्याउँछु । 

घरदैलोका क्रममा मतदाताहरू के भन्छन् त ?

उनीहरूकाे भनाइबाट एकदमै उत्साही छु । सबैले माया गर्नुभएको छ । हामीसँग विश्वास खोजिरहनु भएको छ, जसको म सम्मान गर्छु । 

यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ ?

पक्कै पनि  । कास्कीमा हाम्रो संगठन मजबुत छ । पार्टी र पाँच दलीय गठबन्धन नै कास्कीमा सशक्त भएकाले यसपालिको मत परिणाम पनि स्थानीय चुनावको जस्तै आउँछ भन्ने लागेको छ  । 

तपाईंको चुनाव जित्ने मुख्य आधार के के हुन् ? 

मुख्य आधार भनेको त सत्ता गठबन्धन नै हो । दोस्रो हाम्रा एजेण्डाप्रति पोखरेलीहरू खुसी छन् । अर्को आधार भनेको यहाँका दाजुभाइ तथा दिदीबहिनीहरूको अपार माया हो । जुन मायालाई मैले वर्षौंवर्षसम्म सम्झेर मेरो क्षेत्रमा मात्रै नभई समग्र कास्की र देशकै भलो हुने काम गर्नेछु । मैले विगतमा अझ भनौँ ४० वर्षसम्म यो क्षेत्रमा गरेकाे योगदानको कदर गर्दै उहाँहरुले कलममा मतदान गर्नुहुन्छ भन्ने मेरो पूर्ण विश्वास छ । 

महंगी न्युनीकरण गर्ने विषयमा यहाँका योजना के के छन् ? 

महंगी नियन्त्रण र समृद्धि मेरो एजेण्डा हो । 

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni १४ घण्टा अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni १८ घण्टा अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni ३ दिन अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni ३ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *