• Home
  • ताजा समाचार
  • सुधिर पटेललाई महानगरपालिका वडा नं. १४ पिप्राका मतदाताहरुले भव्य रुपले स्वागत गरे
Image

सुधिर पटेललाई महानगरपालिका वडा नं. १४ पिप्राका मतदाताहरुले भव्य रुपले स्वागत गरे

पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेललाई महानगरपालिका वडा नं. १४ पिप्राका मतदाताहरुले भव्य रुपले स्वागत गरेका छन् । अपराध मुक्त र भ्रष्टाचार मुक्त अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई दुई वडावासीहरुले भव्य रुपले स्वागत गरेका हुन् ।
वीरगंज महानगरपालिका वडा नम्बर १४ का वडावासीहरुले स्वतन्त्र उम्मेदवारी दिनु भएका पटेललाई टिका माला लगाई भब्य रुपले स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल लगायतलाई स्थानीयहरुले हिन्दु धर्म मान्नेहरुका लागि शुभ मानिने दही र मिठाई खुवाउनुका साथै फुलको माला र टिका लगाई भव्य रुपले स्वागत गरेका थिए ।
पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् । वडा नम्बर १४ का मतदाताहरुका अनुसार आफुहरुले विभिन्न माध्यमबाट यस क्ष्ँेत्रबाट निर्वाचनमा सहभागी मतदाताहरुको गैर जिम्मेवार अभिव्यक्ती सुनेर आश्चर्यमा परेको जनाउंदै प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् ।

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ६ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ७ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *