• Home
  • ताजा समाचार
  • राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ
Image

राजेश हमाललाई उत्कृष्ट लाग्यो ‘महापुरूष’, भन्छन्- केही दृश्यले भावुक भएँ


काठमाडौं, २९ कात्तिक

अभिनेता राजेश हमालले हाल प्रदर्शनमा रहेको चलचित्र ‘महापुरुष’ ले नेपाली समाजको भावना र पुस्तान्तरणको कथा व्यक्त गरेको बताएका छन् । सोमबार साँझ दरबार सिनेप्लेक्समा फिल्म हेरिसकेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले फिल्म उत्कृष्ट बनेको बताए । 

‘फिल्म उत्कृष्ट बनेको छ । यसमा हरेक वर्ग र उमेर समूहको भावनालाई समेटिएको छ । हेर्दै गर्दा दर्शक सहजै जोडिन्छन’, उनले भने, ‘फिल्ममा देखिएका सम्बन्ध र नातालाई आफूलाई समेत नियाल्न प्रेरित गर्छ । म केही स्थानमा भावुकसमेत भएँ ।’

उनले एक्लोपनमा खोजिने साथलाई फिल्मले प्रस्ट्याएको बताए । ‘हामीले उमेर हेरेर गरिएको विवाह बारे सतही टिप्पणी गर्ने गर्छौं । तर एक्लोपनलाई साथ चाहिन्छ । किनकि भावनात्मक सम्बन्धको खाँचो सबैलाई हुन्छ’, उनले भने । फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराईले अभिनेता हमाललाई प्रतिक्रियाको लागि धन्यवाद दिए । ‘उहाँले फिल्म हेर्दै हुनुहुन्छ भन्नेमै उत्साहित थियौं । हामीले भन्न खोजेको कुरा दृश्यमार्फत उहाँसम्म पुगेको पाउँदा झनै उत्साहित छौं’, उनले भने । 

अभिनेता हमालले फिल्ममा अभिनय गरेका कलाकारसहित नयाँ अनुहारद्वय अरुण क्षेत्री र अञ्जना बराइलीको समेत खुलेर प्रशंसा गरे । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्रसिंह बानियाँ, शिरू विष्टलगायतले अभिनय रहेको छ । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजंग भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ । यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गरेका छन् ।
 

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ६ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ६ दिन अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *