Trending

५ दिनसम्म घटेको शेयर बजार आज २१ अङ्कले बढ्यो, ९४ करोड रुपैयाँको कारोबार

1.0kViews
0 Shares

काठमाण्डाै – लगातार पाँच दिनसम्म घटेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २९ अङ्कले बढेर एक हजार नौ सय चार दशमलव ४५ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, माइक्रोफाइनान्स र होटल समूहको शेयर उच्च अङ्कले उकालाे लागेकाे छ ।

नेप्से सूचक बढेकाे दिन दुई सय २६ वटा कम्पनीकाे २४ लाख ५२ हजार कित्ता शेयर ९४ करोड ६० लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको १० करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज तारागाउँ रिजेन्सीको शेयर झन्डै १० प्रतिशत, सप्तकोसी विकास बैंकको साढे आठ प्रतिशत तथा बुद्धभूमि नेपाल हाइड्रो र रिभर फल्स कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि लक्ष्मी इक्विटी फन्डकाे शेयर साढे ६ प्रतिशत र ङादी ग्रुप पावरको शेयर पाँच प्रतिशतले घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय