• Home
  • खेलकुद
  • क्रिकेटर शक्ति गौचनद्वारा जुनियर स्टार क्रिकेट लिग
Image

क्रिकेटर शक्ति गौचनद्वारा जुनियर स्टार क्रिकेट लिग

२४ कात्तिक

क्रिकेटर शक्ति गौचनको स्टार क्रिकेट एकेडेमीले बुधबारदेखि रुपन्देहीमा जुनियर स्टार क्रिकेट लिग २०७९ गर्ने भएकाे छ । मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको गौचनले बताए ।

देवदहस्थित क्रिकेट मैदानमा हुने कारोलिनास रुपन्देही जुनियर स्टार क्रिकेट लिग २०७९ मा ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । रुपन्देही क्रिकेट खेलको उवर्भरभूमि भएको दाबी गर्दै उनले लामो समयको तयारी गरी खेलाडी छनाेट पूरा गरी टिम तयार गरेको बताए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीबाट प्रतियोगिताको पुरस्कार तथा स्थानीय विद्यालयबाट खेलाडीको ड्रेस सहयोग भएको उनले बताए । स्थानीय पालिकाबाट प्रत्येक टिमको २० खेलाडी छनाेट गरेको उनकाे भनाइ छ । ४० ओभरको खेलमा खेलाडीहरू आफ्नो ब्याटिङ र बलिङको प्रदर्शन गर्ने राम्रो अवसर पाउने उनले बताए ।

प्रतियोगिताको उपाधि विजेता टिमले २० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमले नगद १० हजार रुपैयाँ कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरी विद्यागत रूपमा उत्कृष्ट खेलाडीहरूलाई समेत पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा सिद्धार्थनगर वरियर्स, ओमसतिया स्टार्स, तिलोत्तमा टाइटन्स, बुटवल युनाइटेड, देवदह ड्रागन र जिबीआईसिए सैनामैना गरी ६ टिम बीचमा खेल हुनेछन् । बुधबार उद्घाटन खेलमा देवदह ड्रागन र जिबिआईसिए सैनामैना खेल्ने छन । प्रतियोगिताको अनुमानित खर्च पाँच लाख रुपैयाँ रहेको उनले बताए । 

Related Posts

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग उद्योग मन्त्रालयमा अन्तरक्रिया, लगानीमैत्री वातावरण निर्माणमा जोड

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूसँग महत्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा…

ByByanjana soni ५ दिन अगाडि

जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग

काठमाडौं । जय नेपाल पार्टीले संविधान संशोधनसहित ८ बुँदे संकल्प सार्वजनिक गर्दै माग सम्बोधन नभए चरणबद्ध रूपमा आन्दोलनका…

ByByanjana soni ६ दिन अगाडि

बाबुरामलाई समेत महसुस हुन थाल्यो देश गम्भीर संकटमा फस्दैछ भन्ने

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देश गम्भीर संकटतर्फ अघि बढिरहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत उनले बढ्दो…

ByByanjana soni १ हप्ता अगाडि

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं, १५ कात्तिक । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ ‘मिसेस नेपाल वर्ल्ड २०२६’…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *