• Home
  • जनजाति
  • घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल प्रति जनताको सहानुभूति बढ्दै गएको
Image

घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल प्रति जनताको सहानुभूति बढ्दै गएको

मंसीर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिनु भएका सुधिर पटेल प्रति उत्साहजनक जनलहर बढेको छ । अपराध मुक्त र भ्रष्टाचार मुक्त समाज निर्माणको अभियान सहित स्वतन्त्र उम्मेदवारी दिनु भएका युवा उम्मेदवार सुधिर पटेललाई आज घरदैलो कार्यक्रमको अवसरमा मतदाताहरुले भव्य रुपले स्वागत गरेका छन् ।
आज बिहान वीरगंज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका वडावासीहरुले स्वतन्त्र उम्मेदवार स्वागत गरेको थिए । घरदैलोमा निस्केका स्वतन्त्र उम्मेदवार सुधिर पटेल प्रति जनताको सहानुभूति बढ्दै गएको सहजै अनुमान लगाउन सकिन्छ । उनलाई स्थानीयहरुले घरदैलो कार्यक्रममा स्वस्फूर्त रुपमा सहयोग गर्दै स्वागत समेत गरेका थिए ।
पटेललाई आफ्नो क्षेत्रमा स्वागत गर्दै वडा भित्र घरदैलोमा समेत स्थानियले सहभागिता जनाएका थिए । मधेसको बजेटमा अनियमित्ता बढेको र भ्रष्टाचार समाप्त पार्ने तथा जनताको सेवक बनेर काम गर्ने बाचा स“गै स्वतन्त्र उम्मेदवारी दिएका सुधिर पटेलको पक्षमा जनता उभिन थालेका छन् । वडा नम्बर २२ का मतदाताहरुका अनुसार आफुहरु यसपाली हुन गइरहेको प्रदेश सभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेदवार सुधिर पटेललाई नै रोज्ने बताएका छन । दुख, सुखका साथिको रुपमा पटेल स्थापीत भएकै कारण आफुहरु स्वतन्त्र उम्मेदवारलाई निर्वाचित गराउने प्रतिवद्धता जाहेर गरेका छन् । पटेल १८ वर्ष अगाडी विद्यार्थी जीवनदेखिनै राजनीतिमा होमिएका व्यक्ति हुन् । नीजसंगै एमाले–जसपा गठबन्धनबाट विचारी यादव, सत्तारुढ गठबन्धनबाट रहबर अन्सारी लगायतका व्यक्तिहरु मैदानमा छन् । यादव यस अगाडीको प्रतिनिधी सभा सदस्य पद तथा अन्सारी महानगरको मेयर पदबाट पराजित भईसकेका व्यक्ति हुन् ।
राजनैति दलहरुको सत्तामोहका कारण देश विनाशको बाटो तर्फ अग्रसर भईरहेको अवस्थामा मतदाताहरुले यसको निकासका लागि स्वतन्त्र उम्मेदवारहरुलाई देशैभर समर्थन गरिरहेको कैयौं उदाहरणहरु समेत स्थापित भईसकेका छन् ।

Related Posts

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ दिन अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ हप्ता अगाडि

मिडियादेखि मोडलिङसम्म: साक्षी लम्सालको बहुआयामिक यात्रा, नेपाली युवापुस्ताकी प्रेरणा

  काठमाडौं । नेपाली सञ्चार तथा मनोरञ्जन क्षेत्रमा परिचित नाम बनेकी साक्षी लम्सालले पत्रकारिता, टेलिभिजन प्रस्तुति र मोडलिङमार्फत…

ByByanjana soni १ महिना अगाडि

एन्कर पावर हंगामा २०२६ का विजेताहरू घोषणा, बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार हस्तान्तरण

  काठमाडौं । नेपालमा चार्जिङ तथा अडियो प्रविधिका अग्रणी ब्रान्ड एन्कर (Anker) र साउन्डकोर (Soundcore) ले आफ्नो बहुप्रतीक्षित…

ByByanjana soni १ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *