Trending

चन्द्र ग्रहण प्रभाव र हरेक राशि तथा विश्वमा पर्ने प्रभाव सम्बन्धी Vedic Astrology With Sanam बाट महत्वपुर्ण खुलासा

2.9kViews
0 Shares


आज कार्तिक 22 गते 2079 सालको दोस्रो चन्द्र ग्रहण तर नेपालबाट देखिने भने यो वर्षको पहिलो चन्द्र ग्रहण हो । सामान्यतः चन्द्र ग्रहण सधैं पूर्णिमा तिथि मै पर्न जान्छ र यस वर्ष पनि यो चन्द्र ग्रहण खास गरी नेपाल सहित सम्पूर्ण एशिया, पूर्वी युरोपका देशहरुमा, अष्ट्रेलिया, उत्तर अमेरिका तथा Pacific northwest देशहरुबाट देख्न सकिनेछ ।

ग्रहण कालको सुतक यानिकी प्रभावी समय सामान्यत 9 घण्टा अगाडि सुरु हुनेछ तर खास गरी 4 घण्टा अगाडि देखि ग्रहण सकिएको 2 घण्टासम्म भने अत्यन्त नकारात्मक प्रभाव सम्पूर्ण विश्वमा पर्न जाने हुन्छ । धार्मिक सोचबाट जोडिएर हेरिने भएपनि वैज्ञानिक कारण भने यस्तो समय उच्च खराब विकिरण आउने कारणले गर्दा नै खानपान लगायत महत्वपूर्ण शारीरिक कार्य गर्न वर्जित गरिएको हो जसले गर्दा हामीलाई मानसिक रूपमा यसले गर्ने असर तथा खानाको माध्यमबाट गर्ने रोगको संभावना कम रहनेछ।
नेपालको लागि करिब 1 घण्टा 24 मिनेट समय अवधि उच्च ग्रहण काल रहनेछ हुन बेला हामीले नेपालको कुनै पनि स्थानबाट देख्न पनि सक्नेछौं ।
चन्द्र ग्रहण सुरु समय: ५:१० बेलुकी
ग्रहण मध्य कालीन : ५:२७ बेलुकी
ग्रहण अन्त्य : ६:३५ बेलुकी
———__—————————————————————-

यस चन्द्र ग्रहणको के प्रभाव विश्वमा रहने छ त ?

यस वर्ष पर्न गएको करिब 1 महिनाको अन्तरालमा 2 ग्रहणको प्रभाव अत्यंत खराब रहनेछ जसले विश्वभर अधिक आर्थिक मन्दी तथा आर्थिक युद्द, प्राकृतिक विपत्ति तथा आतङ्ककारी हमलाको सम्भावना अधिक रहनेछ ।
विश्वभर अशान्ति पैदा गराउन सक्ने यस ग्रहणको प्रभाव सम्पुर्ण मानव जगतको लागि कष्टकर बन्न सक्ने आँकलन गरेको छु ।
जुन बेला कोरोना महामारी सुरु भयेको थियो त्यो बेला समेत यस्तै 2 ग्रहणको संयोग एकै महिना समय अवधि वरपर परेको थियो जसको प्रभाव अहिले सम्म पनि यथावत छ । र, फेरि पनि यस्तो संयोग यो वर्षको ग्रहनले दिएको छ जसको प्रभाव आर्थिक महामारी, देशहरू बीचको भयानक युद्द लगायतले विश्वभर एक पटक फेरी पनि कष्टकर गराउने अत्यन्त प्रबल सम्भावना देखिन्छ ।


आजको दिनमा गर्न हुने नहुने केही कार्यहरू :


१)ग्रहण सुरु हुनु भन्दा 4 घण्टा अगाडि देखिको समयमा खाने वा पानी पिउने नगर्नुहोस्।

२) कुशकाे सुक्खा पत्ता तथा तुलसीको पत्तालाई खानेकुरा र पिउने पानीमा राखेर दूषित विकिरणबाट खानालाई जोगाउन राख्नुहोस्।

३) चन्द्रदेव (चन्द्रमा देवता), वा सूर्य देव (सूर्य देवता), भगवान धन्वंतरी (राम्रो स्वास्थ्यको लागि) र महा मृत्युंजय मन्त्र (खराब प्रभावबाट बच्न) मन्त्रहरू जप गर्नुहोस्। विशेष गरी हरेक ग्रहको गायत्री मन्त्र जप अत्यन्त सिद्धकारी हुनेछ।

४) नेल कटर, चक्कु, पिन आदि जस्ता धारिलो वस्तुहरू प्रयोग नगर्नुहोस्।

५) ग्रहणको समयमा सकभर ननिदाउनोस् ।

६) गर्भवती महिलाहरु घरभित्रै बस्ने । भनिन्छ कि चन्द्रमाको किरण गर्भमा पर्नु हुँदैन नत्र यसले बच्चालाई हानि पुर्‍याउन सक्छ।

७) नाङ्गो आँखाले चन्द्रमा (वा सूर्य) लाई नहेर्नुहोस्।

८) ग्रहण समाप्त भएपछि स्नान गर्नुहोस्।

९) चारैतिर गंगाजल तथा कपूर वा फितकिरी पानी छर्केर घर सफा गर्नुहोस्।

१०) स्नान गरी देवी देवताको पूजा गरेपछि मात्र व्रत समापन गर्नोस् जसले जसले आजको दिनमा आफ्नो उच्च protection को लागि तथा मनोकामना र ग्रह शान्तिकाे लागि व्रत राख्नु भएको छ ।

११) आजको दिनको गंगा स्नान, त्रिवेणी स्नान, ग्रह मन्त्र जप , गायत्री मन्त्र जप, अन्न् दान अत्यन्त लाभकारी तथा सर्वश्रेष्ठ रहेको छ ।
१२) आजको दिनको होमा जप पनि विशेष शक्तिको फल दिनेछ ।

महा उपाय :
यस ग्रुपमा रहनु भएका सम्पुर्णकाे लागि तपाईंले केही चीजहरू दान गरेर महा ग्रह शान्ति गर्न सक्नु हुनेछ जसको लागि चाहिने सामग्री :- १– सेतो कपडा १/२ मिटर, चामल २५० ग्राम, सेतो तिल २५० ग्राम, २ सुकेको नरिवल, ७ वटा बोक्रा सहितको बदाम, ७ सुकमेल, ७ मखनी, ७ गोमती चक्र। उपरोक्त सबै सामग्रीलाई कपडामा बाँधेर ग्रहणको समयमा पानीमा बगाउनु होला । साथै, यस ग्रहण अवधिमा, तपाईंले यो मन्त्रको जप गर्नु पर्ने हुन्छ “ओम क्षीरपुत्रय विवाहे अमृत तत्ववे धीमह तन्नो चन्द्र:।
प्रचोदयत।”
यस मन्त्रको कम्तीमा 1 माला तथा बढीमा आफ्नो क्षमता अनुसार जप गर्न सक्नु हुनेछ ।


हरेक राशिमा के प्रभाब रहन्छ त ?


यो ग्रहणको प्रभाव सबै राशिको लागि खराब नै छ जसमा मिथुन,वृश्चिक कुम्भ यी राशि बाहेक सबै राशिको लागि अत्यन्त खराब प्रभाव आगामी 3 महिनाको लागि रहनेछ ।
जस् मध्य मेष, मकर, धनु तथा मिनको लागि अधिक खराब प्रभाव रहनेछ ।
यहाँ हरेक राशिको लागि customized उपाय दिएको छु ।जसलाई तपाई आजको दिन देखि सुरु गरी 3 महिना सम्मको लागि निरन्तर गरेर आफुलाई सुरक्षित राख्न सक्नु हुनेछ ।


मेष : शिवको मन्त्र जप तथा माता पार्वतीको आराधना
वृष : हरेक सोमबार सक्खर मिश्रित भिजाएको चावल वा पकाइएको खाना खुवाउन सक्नु हुनेछ ।
मिथुन : महा मृत्युञ्जय मन्त्र जप
कर्कट : हरेक सोमबार वा शुक्रवार चीनी , सक्खर वा गुलियो चिजको दान विशेष लाभकारी
सिंह: गुरु मन्त्र वा गुरु पूजा तथा पहेंलो कपडा हरेक आइतबार र बिहीबार साथै चन्दनको तिलक अत्यन्त लाभकारी
कन्या : गणेश द्वादश नाम स्तोत्र तथा गंगा स्नान
तुला : कपडा तथा खाद्य चिजको दान
वृश्चिक : ओम सोम सोमाय नमः मन्त्रको जप
धनु : हरेक मंगलबार तथा शनिबार सुन्दरकाण्ड पाठ
मकर : शिव भगवानको लागि रुद्र अभिषेक तथा जल अभिषेक
कुम्भ : हरेक बिहानी हनुमान चालिसा तथा मंगलबारको हनुमान स्रोत वा राम रक्षा स्रोत
मीन : महामन्त्र ‘ ओम् नमो भगवते वासुदेवाय नमः ‘ सवा लाख जप 3 महिनाको समय अवधिमा ।


Note : यदि केही नबुझेको वा आफुलाई आफ्नो लागि सोध्न पर्ने आवश्यक remedies वा मन्त्रको बारेमा यहाँ तल कमेन्ट section मा सोध्न सक्नु हुनेछ ।
Sanam Pathak

https://fb.watch/gFvmSXrFHM/

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय