सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक
By Anusha sijapati
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं, १८ कात्तिक
म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन । बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो । उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए ।
हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश ग¥यो । उसको ६ खेलबाट १५ अंक रह्यो । समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रह्यो । अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ । यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन् ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि