बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा

985Views
0 Shares

काठमाण्डाै – बैतडीको दशरथचन्द नगरपालिकाले आज  बिहीवार सार्वजनिक बिदा दिएको छ ।

दशरथचन्द–८ मा रहेको प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिरमा जात्रा लाग्ने भएकाले आज सार्वजनिक बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताउनुभयो ।

बिहीवार नगरभित्रका सबै शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकाय बन्द रहनेछन् । त्रिपुरासुन्दरी मन्दिरमा कात्तिक शुक्लअष्टमी र शुक्लनवमीमा भव्य जात्रा लाग्ने गर्दछ । त्यहाँ भारतीय दर्शनार्थीसमेत आउने गरेका छन् ।

तिहार सकिएसँगै बैतडीसहित सुदूरपहाडका शक्तिपीठ र मन्दिरमा जात्राको रौनक छाएको छ । त्यहाँ तिहारपछि १५ दिन जात्रा लाग्ने गर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय