जसपा–एमालेका अगुवा नेता कार्यकर्ता भन्छन् : प्रदीप यादवको काम बोलिरहेको छ

885Views
0 Shares

वीरगंज – वीरगंज महानगरपालिका वडा नम्बर २ छपकैयामा बिहीबार जसपा–एमालेको संयुक्त बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी जसपा र एमालेका स्थानीय अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवारको पक्षमा जनमत जुटाउन अझ सशक्त भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।

यसका साथै चुनावी प्रचार प्रसारलाई अझ तिब्र बनाउदै हरेक घरधुरीमा पुगेर पर्सा १ का जसपाका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादवले आफनो कार्यकालमा गरेका नमूना काम बारे मतदातालाई बुझाउने पनि उनिहरुले बताएका छन् ।बैठकलाई सम्बोधन गर्दै प्रतिनिधीसभमा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री यादवले अहिले सम्म देखिएको जनसमर्थनले आफुहरुको जित सुनिश्चित हुदै गएकोले दुवै दलका नेता कार्यकर्ताले थोरै अझ मेहनत गरे आफुहरुको विजय कसैले रोक्न नसक्ने बताए ।

जसपा–एमालेको गठबन्धन मधेस र देशको आवश्यकताको उपज भएको प्रस्ट्याउदै यादवले यहि गठबन्धन जिते मात्रै मधेस र देशको समृद्धि हुने जिकिर गरे ।पर्सा १ मा जसपा–एमाले गठबन्धन प्रति देखिएको जनलहरले विपक्षीहरुको सात्तो उडेको भन्दै यादवले दुवै दलका नेता कार्यकर्ताहरु इमान्दारीपूर्वक लागि रहे मंसिर ४ सम्म विपक्षीहरु प्रतिस्पर्धामै नरहने दाबी पनि गरे । उनले भने ,‘ मैले पाँच वर्षको कार्यकालमा गरेका कामहरु नै हाम्रो जितका लागि काफी छ , त्यहि काम बारे जनतालाई गएर बुझाउनुस् , किन कि जनता अब नामलाई होइन काम गर्नेलाई आफनो मत दिन्छन् । बैठकमा वीरगंज २ का जसपा र एमाले दुवै दलका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय