Trending

रुस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन चीनको आग्रह

1.0kViews
0 Shares

चीनले रूस–युक्रेन युद्धले अन्न तथा मल निर्यातमा भएको अवरोध हटाउन सम्बन्धित पक्षसँग आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका लागि चीनका नायब स्थायी प्रतिनिधि गेङ सुआङले सुरक्षा परिषदमा भएको ‘ब्ल्याक सी ग्रेन इनिसिएटिभ’ मा समस्या समाधानका लागि ठोस कदम चाल्न आग्रह गर्नुभएको हो ।

चिनियाँ राजदूतले दुई देशको युद्धबाट अन्न र मल निर्यातमा उत्पन्न अवरोध हटाउन आह्वान गर्दै आर्थिक एवं व्यापारिक मुद्दालाई राजनीतिक हतियार बनाउन नहुनेमा जोड दिनुभयो । रूस–युक्रेन द्वन्द्वकाबीच विश्व बजारमा आपूर्ति शृङ्खलामा अवरोध भएको छ । अवरोध हटाउँदै आपूर्ति सुनिश्चित गर्न रुस र युक्रेनले यसअघि गरेका सम्झौताको पालनामा गर्नुपर्नेमा पनि उहाँको जोड छ ।

चिनियाँ कूटनीतिज्ञले संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा इस्तानबुलमा गएको जुलाइमा भएको अन्न र मलको निर्यातसम्बन्धी छुट्टाछुट्टै दस्तावेजमा भएको हस्ताक्षरको स्मरण समेत गराएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अवरोध हटाउन सक्रिय भूमिका खेल्ने आशा व्यक्त गरेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय