Trending

जनसमाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभाको सदस्यका रुपमा संसद भवनको यात्रा तय गर्दैछिन् प्लस साइज मोडल सुजाता काफ्ले।

1.8kViews
0 Shares

काठमाडौं– राजनीतिमा युवाको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने उद्देश्यसहित जनसमाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभाको सदस्यका रुपमा संसद भवनको यात्रा तय गर्दैछिन् प्लस साइज मोडल सुजाता काफ्ले।

उनी जनसमाजवादी पार्टीकी उपाध्यक्ष पनि हुन्। समानुपातिक सूचीमा रहेकी उनले सदनमा युवाको प्रतिनिधित्व भए मात्र अहिलेको बेथितिविरुद्धको अभियानले सार्थकता पाउँदै नयाँ अवस्थाको यात्रा तय हुने ठानेकी छन्।

‘पार्टीले मलाई समानुपातिक उम्मेदवार बनाएकोमा खुसी छु। यो महिला अधिकार र आन्दोलनका लागि मात्र नभएर परिवर्तनका लागि पनि योगदान गर्न सक्ने अवसरका रुपमा लिएकी छु’, काफ्ले भन्छिन्,‘आगामी निर्वाचनमा मतदान गर्दा आम जनताले परम्परागत होइन परिवर्तनका निम्ति गर्नुहुनेछ भन्ने विश्वास लिएकी छु।’

जनसमाजवादी पार्टी ‘तारा’ चुनाव चिन्हसाथ निर्वाचनको मैदानमा उत्रिएको छ।

काफ्ले भन्छिन्,‘यो नयाँ यात्रा सुरु गर्दा म विनम्र, सम्मानित र साँच्चै धन्य छु। नारी राजनीति आवाज व्यक्तिगत हो। यो आत्मीय छ। यो हेरचाह र जीवन बृद्धि हो। यो संसारमा थप प्रेम, हेरचाह र न्याय ल्याउने बारे हो। यो उग्र र दृढ पनि छ।’

उनले नेपाललाई सफलताको उचाइमा पुराउन हामी सबै मिलेर हातेमालो गर्दै एक अर्कालाई प्रक्रियामा उत्थान गरे चमत्कार सम्भव रहेको बताएकी छन्।

जनसमाजवादी पार्टीले स्मार्ट मात्र नभएर ‘हाइटेक’ सहरको परिकल्पना गरेको छ। त्यसका लागि विकासको स्टार मोडलको नीतिलाई पनि सार्वजनिक गरिसकेको छ।

‘परम्परागत र अहिले चलिरहेको चर्चाका आधारमा मात्र विकास हुने होइन, विकासका आयामहरू विश्वमा जसरी तिव्रताका साथ परिवर्तन छन् त्यसलाई हामी आत्मसाथ गर्नेछौं’, उपाध्यक्ष काफ्ले भन्छिन्,‘जनसमाजवादी पार्टीलाई विश्वास गरेको खण्डमा हामी सफल हुनेछौं, मार्गचित्र मुलुकका आम मानिससमक्ष स्वीकारयोग्य बनाउनेछौं।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय