Trending

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री खानको कीर्तिमानी जित

870Views
0 Shares

पाकिस्तानमा भएको उपचुनावमा पूर्वप्रधानमन्त्री इमरान खानले कीर्तिमानी जित हात पार्नुभएको छ । नेशनल असेम्बलीको आठ सिटका लागि हिजो आइतवार भएको उपचुनावमा खानले ६ सिटमा जित हात पार्नुभएको हो । उहाँ सात सिटमा उम्मेदवार बन्नुभएको थियो ।

यसअघि सन् २०१८ को आम चुनावमा खानले नेशनल असेम्बलीको पाँच सिटमा चुनाव जितेर कीर्तिमान बनाउनुभएको थियो । आफ्नो पछिल्लो कीर्तिमान तोड्दै उहाँ यस पटक सात सिटमा विजयी हुनुभएको बीबीसी हिन्दीले जनाएको छ । उपचुनावमा खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले आठमध्ये ६ सिट र पाकिस्तान पिपल्स पार्टी (पीपीपी) ले दुई सिट जितेको छ ।

चुनावमा पाएको सफलताको बलमा इमरानले आफ्ना लागि राजनीतिक ‘स्पेश’ बनाउने विश्लेषण भइरहेको बीबीसीले जनाएको छ । यस्तै हिजै उपचुनाव भएको पञ्जाबको तीन प्रान्तीय सिटमा पीटीआईले दुई र मुस्लिम लीग–नूनले एक सिट जितेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय