Trending

उम्मेदवारी फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धिमाललाई खानेपानीमन्त्री चौधरीको धम्की

825Views
0 Shares

बारा, ३१ असोज । बारा–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभाका उम्मेदवार गणेश धिमाललाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसका सह–महामन्त्री एवं खानेपानी मन्त्री उमाकान्त चौधरीले धम्काएका छन् ।

यसअघि कांग्रेसको मधेश प्रदेश सदस्य रहेका धिमालले राष्ट्रिय स्वतन्त्र पार्टीबाट बारा–१ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेपछि मन्त्री चौधरीले फिर्ता लिन धम्की दिएका हुन् । मन्त्री चौधरी सत्ता गठबन्धनको तर्फबाट सोही क्षेत्रबाट उम्मेदवार हुन् ।

‘उम्मेदवारी फिर्ता लिएर आफूलाई समर्थन गर्न र अन्यथा आफूले हारे जे पनि हुन सक्ने’ भन्दै मन्त्री चौधरीले शनिवार राति घरमै आएर धम्क्याएको धिमालले बताए । आफूले केही पनि नगर्ने तर आफू पराजित भए मेरा केटाहरूले जे पनि गर्न सक्छन् । त्यसैले उम्मेदवारी फिर्ता लिनोस् भनेर चौधरीले धम्काएको धिमालको भनाइ छ । राति करिब ११ बजे ५० जना युवाहरूको समुह लिएर धिमालको घरमा पुगेका चौधरीले उम्मेदवारी फिर्ता लिन र सहयोग गर्ने दबाब दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय