Trending

चुनावी मैदानमा शीर्ष नेता : कहाँ कसलाई कसको चुनौती ?

840Views
0 Shares

काठमाडौं, २४ असोज

मुख्य दलका शीर्ष नेताहरुमध्ये धेरैले पुरानै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका छन् । कतिपयले भने नयाँ ठाउँ रोजेका छन् । शीर्ष नेतामध्ये केहीलाई आफ्नै पार्टी र गठबन्धनको चुनौती छ भने धेरैलाई नयाँ अनुहारसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । 

शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुराबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । यो क्षेत्रमा उहाँले ०४८ सालदेखि निरन्तर चुनाव जित्दै आउनुभएको छ । यो क्षेत्रमा कांग्रेसका पूर्वजिल्ला सभापति कर्ण मल्लले वीपी कांग्रेसबाट मनोनयन दर्ता गराउनुभएको छ । मल्ललाई एमालेको समर्थन छ । यस्तै सागर ढकालले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

केपी शर्मा ओली
पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालि पनि झापा-५ बाटै उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा कांग्रेसका खगेन्द्र अधिकारी र स्वतन्त्रबाट युग पाठकको पनि उम्मेदवारी परेको छ।

पुष्पकमल दाहाल प्रचण्ड
पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन-३ छाडेर गोरखा-२ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ कांग्रेसकी माधवी भट्टले पनि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । यस्तै यो क्षेत्रमा एमालेबाट अब्दुस मियाँको पनि उम्मेदवारी परेको छ ।

माधवकुमार नेपाल
पूर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाण्डाै-२ छोडेर रौतहट-१ बाट उम्मेदवारी दिनुभएको छ । यो क्षेत्रमा एमालेबाट अजयकुमार गुप्ताको उम्मेदवारी परेको छ । 

झलनाथ खनाल
पूर्व प्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल यसपालि पनि इलाम-१ बाटै उम्मेदवार बन्नुभएको छ । त्यहाँ एमालेका महेश बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तनहुँ-१ बाट उम्मेदवारी दिनुभएको छ । यसपटक पनि त्यहाँ गोविन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी परेको छ । यस क्षेत्रबाट एमालेले एकबहादुर रानालाई उम्मेदवार बनाएको छ ।  

यस्तै, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाण्डौ-५ बाट उम्मेदवारी दिनुभएको छ । यहाँ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल तथा स्वतन्त्रका उम्मेदवार रञ्जु दर्शनाको पनि उम्मेदवारी परेको छ ।  
झापा-३ मा कांग्रेसका कृष्ण सिटौला र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाण्डौ-४ मा पुरानै प्रतिस्पर्धी कांग्रेस महामन्त्री गगनकुमार थापा र  एमालेका  राजन भट्टराईको उम्मेदवारी परेको छ । कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र एमालेका अग्नि खरेलले झापा-१ बाट उम्मेदवारी दिएका छन् । 

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेल र माओवादी  केन्द्रकी नेतृ रेखा शर्मा तथा लमजुङमा माओवादी केन्द्रका महासचिव देव गुरुङ र एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको उम्मेदवारी परेको छ।

यस्तै,सर्लाही-२ मा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले उम्मेदवारी दिनुभएको छ । एमाले नेता जुलीकुमारी महतो धनुषा-३ बाट उम्मेदवार बनेपछि महतो सर्लाही जानुभएको हो । त्यहाँ गठबन्धनले यादवलाई समर्थन गरेको छ ।

सप्तरी–२ मा जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सिके राउत र लोसपाका नेता जयप्रकाश ठाकुर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन–१ बाट उम्मेदवारी दिनुभएको छ । त्यहाँ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका विश्व पौडेलको समेत उम्मेदवारी परेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय