Image

को-को ले दिए स्वतन्त्र उम्मेदवारी

काठमाडौं, २४ असोज मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा पार्टीले टिकट नदिएपछि केही नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन् । टिकट नपाएपछि एमाले परित्याग गरेका घनश्याम भुसालले रुपन्देही क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

यस्तै एमालेबाटै टिकट नपाएका अर्का नेता रामवीर मानन्धरले काठमाण्डौ क्षेत्र नं ७ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । एमालेका अर्का नेता प्रभु साहले रौतहट क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । एमालेकै निवर्तमान सांसद गंगा चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै नेपाली कांग्रेसले टिकट नदिएपछि नेता दिनेश कोइरालाले चितवन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कांग्रेसकै नेता गोविन्दराज जोशीले तनहुँ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दिएको झापा क्षेत्र नं. ५ बाट लेखक युग पाठकले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । त्यस्तै प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएको डडेलधुरामा सागर ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । 

Related Posts

इन्टरनेशनल फेसन विक २०२६ को ‘रनवे एम्बेसडर’मा रेनाटा कट्टेल

  काठमाडौं । इन्टरनेशनल फेसन विक २०२६ का लागि रेनाटा कट्टेललाई ‘रनवे एम्बेसडर’का रूपमा प्रस्तुत गरिएको छ। फेसन,…

ByByanjana soni ३ दिन अगाडि

इन्डोर सुपर लिगको फाइनलअघि सेलिब्रिटी क्रिकेट उत्सवको शानदार जित

काठमाडौं । इन्डोर सुपर लिग (ISL) सिजन–२ को फाइनलअघि आयोजित मैत्रीपूर्ण सेलिब्रिटी क्रिकेट खेलमा सेलिब्रिटी क्रिकेट उत्सवले टिम…

ByByanjana soni २ हप्ता अगाडि

Face of Nepal 2026 मा नेपालकी शीर्ष फेसन डिजाइनर सुकनिता चौलागाईं सम्मानित

  काठमाडौं । नेपाली फेसन क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित फेसन डिजाइनर सुकनिता चौलागाईं Face of Nepal…

ByByanjana soni २ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *