Image

दसैं बिदापछि नेप्से परिसूचकमा उच्च वृद्धि

काठमाडौ, २४ असोज । दसैंको विदापछि आइतबारबाट खुलेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकमा उच्च अंकको वृद्धि  भएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४४.६२ अंकले वृद्धि भएर १८९८.३८ मा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक ८.७८ अंकले उकालो लागेर तीन सय ७२.२१ मा पुगेको छ । कुल दुई सय २४ कम्पनीको २५ लाख ३३ हजार तीन सय ९३ कित्ता सेयर ८३ करोड ६८ लाख ७३ हजार एक सय ४० मूल्यमा कारोबार भयो ।


नेप्से परिसूचकमा उच्च अंककाे वृद्धि भए पनि कारोबार रकममा भने प्रगति हुन सकेन । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको सेयर मूल्यमा वृद्धि भएको छ । जीवन बिमा, विकास बैंक, निर्जीवन बिमा, लघुवित्त र उत्पादन उपसमूहको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।


आइतबारको कारोबारपछि कुल पुँजीकरण २७ खर्ब २८ अर्ब ५५ करोड २० लाख ६० हजार दुई सय २२ बराबर कामय भएको छ । नेप्सेका अनुसार, हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको २२ करोड ६९ लाख ८१ हजार सात सय ४४ बराबरको कारोबार भएको छ ।


नबिल बैंक तीन करोड ५१ लाख ९८ हजार चार सय २९, हिमालयन डिस्टिलरी दुई करोड ३१ लाख ४४ हजार पाँच सय ७१, अपि पावर कम्पनी एक करोड ८९ लाख १७ हजार दुई सय ६९ र शिवम् सिमेन्टको एक करोड ७७ लाख ८४ हजार दुई सय ५४ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सप्तकोसी डेभलपमेन्ट बैंक ९.९५, उपकार लघुवित्त ९.८४, गुह्यश्वरी मर्चेन्ट बैंक ८.७०, मितेरी डेभलपमेन्ट बैंक ८.२३ र एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.९७ प्रतिशतले कमाएका छन् ।

यस्तै, ग्लोबल आइएमई ब्यालेन्स फण्ड एक ४.४८, आरबीबी म्युचुअल फण्ड एक १.९७, सिद्धार्थ यन्भेस्टमेन्ट ग्रोथ स्किम १.९६, सिटिजन म्युचुअल फण्ड एक १.८३ र नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले १.८० प्रतिशतले गुमाएका छन् ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni ५ दिन अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ५ दिन अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni ७ दिन अगाडि

आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते बुधवार

ज्याे. डा. खेमराज मिश्र, पीएचडी आजको राशिफल: बि.सं. २०८३ असोज २८ गते, बुधवार, ईसं २०२६ अक्टोबर १४, ऋतुः वर्षा,…

ByByanjana soni ७ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *