• Home
  • ताजा समाचार
  • पर्सा क्षेत्र न.२(ख)बाट रुपेशमान सिंहको स्वतन्त्र उम्मेदवारी ।
Image

पर्सा क्षेत्र न.२(ख)बाट रुपेशमान सिंहको स्वतन्त्र उम्मेदवारी ।


वीरगञ्ज, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रदेशसभा सदस्यमा समाजसेवी एवं युवा नेता रुपेशमान सिंह श्रेष्ठले स्वतन्त्र उम्मेद्वारी दर्ता गराउनु भएको छ । उम्मेद्वारी दर्ता गराउन श्रेष्ठ दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका श्रेष्ठ समाजसेवाका साथै सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएको छ । वीरगञ्ज वडा नम्बर १ का स्थायी वासिन्दासमेत रहेका श्रेष्ठ वीरगञ्जकै पुरानो मध्येको त्रिजुद्ध माद्यमिक विद्यालयको व्यवस्थापन समितिमा रहेर एक दशकदेखि शैक्षिक सुधारको क्षेत्रमा पनि क्रियाशिल हुनुहुन्छ ।

विभिन्न क्षेत्रमा काम गरेको अनुभवी युवा नेता श्रेष्ठले प्रदेश सभा सदस्यमा आफूहरु जस्तै सक्रिय युवाहरुको आवश्यकता रहेकाले आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो । श्रेष्ठले निर्वाचन क्षेत्रका अग्रज नेता, युवा साथीहरुको आफू प्रति ठूलो सद्भाव रहेको भन्दै सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नुभएको छ ।
उम्मेद्वारी दर्ता गर्दै श्रेष्ठले कसैको दवाबमा नपरी स्वतन्त्र भएर जनताको काम गर्न आफूले स्वतन्त्र रुपमा उम्मेद्वारी दिएको प्रतिकृया दिनुभयो । आफू सबैको साझा उम्मेद्वार भएको भन्दै उहाँले कुनै पनि दल र गठबन्धनमा नलागी स्वतन्त्र उम्मेद्वारी दिएको बताउनुभयो ।

Related Posts

बाढीपीडितको सेवामा लायन्स ३२५ पी एरिया १ टोली, खाद्यान्न र मेडिकल सामग्रीसहित नुवाकोटमा

नुवाकोट । ग्लेसियर लेक आउटबर्स्ट फ्लड (GLOF) बाट प्रभावित परिवारलाई राहत तथा सहयोग पुर्‍याउन Lions District 325P Area…

ByByanjana soni ६ दिन अगाडि

स्मार्टेन, ह्युल्सा ग्रुपसहितको टोलीद्वारा रसुवा–नुवाकोटका बाढीपीडितलाई २ लाख बराबरको राहत सामग्री वितरण

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी तथा पहिरोका कारण प्रभावित बनेका रसुवा र नुवाकोटका परिवारलाई लक्षित गर्दै राहत…

ByByanjana soni ७ दिन अगाडि

दुई दशकदेखि सञ्चार क्षेत्रमा योगदान दिँदै आएकी सीता पोखरेल ‘पब्लिक च्वाइस’ र ‘मिसेस कन्फिडेन्स’ विजेता

काठमाडौं । दुई दशकदेखि सञ्चार तथा मिडिया क्षेत्रमा निरन्तर योगदान दिँदै आएकी सीता पोखरेलले ‘Miss & Mrs. Universal…

ByByanjana soni १ हप्ता अगाडि

विपत्तिमा पीडितको सहारा बन्दै मनोज भारती, लाखौँको राहत सामग्री हस्तान्तरण

काठमाडौं । आफूसँग भएको स्रोतसाधनलाई विपत्तिमा परेका नागरिकको सहयोगमा लगाउने उद्योगी–व्यवसायीको संख्या कम छैन। तर संकटका बेला निरन्तर…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *