• Home
  • अर्थ
  • एनसीसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा आकर्षक छुट
Image

एनसीसी बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीमा आकर्षक छुट

काठमाडौं, १२ असोज
नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी बैंक) र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच विभिन्न आकर्षक छुट प्याकेजरमा सम्झौता भएको छ ।

सम्झौताअनुसार सिद्धार्थ ग्रुपले एनसीसी बैंकको डेबिट तथा क्रेडिट कार्ड होल्डर एवं एनसीसी बैंकका कर्मचारीहरूलाई फुड एन्ड बेभरेजमा १० प्रतिशत छुट दिने भएको छ भने आवास सुविधामा २० प्रतिशतको छुट दिने भएको छ । सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशका विभिन्न स्थानमा होटल एवं रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरू छन् ।

सिद्धार्थ होटल न्यु आनन्द महेन्द्रनगर, सिद्धार्थ होटल टिकापुर कैलाली, सिद्धार्थ होटल नेपालगञ्ज, सिद्धार्थ कटेज एन्ड होटल बुटवल, सिद्धार्थ होटल वाटर टावर नुवाकोट, सिद्धार्थ होटल ग्रान्ड सिटी विर्तामोड, सिद्धार्थ बुटिक होटल बौद्ध काठमाडौँ, सिद्धार्थ सन्नी रिसोर्ट सुर्खेत, सिद्धार्थ रिसोर्ट चिसापानी कैलाली, सिद्धार्थ लुम्बीनी ग्रिन रिसोर्ट चन्द्रौटा, सिद्धार्थ इन्टरनेसनल होटल भैरहवा, सिद्धार्थ रिभरसाइड रिसोर्ट चुम्लिङ्टार चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट नेपालगंज, सिद्धार्थ कटेज रेस्टुरेन्ट धोविघाट ललितपुर, सिद्धार्थ कटेज रेस्टुरेन्ट बुटवल, सिद्धार्थ कटेज रेस्टुरेन्ट पुरानो वानेश्वर, सिद्धार्थ कटेज रेस्टुरेन्ट तिनकुने काठमाडौँ , एस क्याफे कोहलपुर, एस क्याफे नेपालगंज र एस क्याफे सुविधानगर तिनकुने गरी देशभर रहेका २० वटा स्थानबाट तोकिएको छुट सुविधा प्राप्त गर्न सकिने भएको छ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले सातवटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । 

Related Posts

७न.वडामा २ महिने डिप्लोमा कम्प्युटर एकाउन्टिंग तथा लेखा तालिम उद्घाटन।

चैत्र १६ गते:बिरगंज महानगरपालिका ७ न. वडा कार्यालयको सहयोगमा आज एक कार्यक्रमबिच यु.डी. बाइ-सेफ कम्प्युटर एजुकेशन बीरगंजमा तालिम…

ByByanjana soni ४ महिना अगाडि

सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि वित्तीय सचेतना आवश्यक : सन्तोषकुमार गौतम

काठमाडौं — सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) नियन्त्रणका लागि वित्तीय सचेतना र कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अत्यन्त आवश्यक रहेको…

ByByanjana soni ४ महिना अगाडि

भारत–नेपाल रेल व्यापर सञ्जाल विस्तार : रेलमार्फत व्यापार सहज बनाउने पत्र आदान–प्रदान

नेपाल र भारतले रेलमार्फत व्यापारिक आवागमन सहज र विस्तार हुने गरी बिहीबार एक महत्वपूर्ण पत्र (Letter of Exchange)…

ByByanjana soni ८ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *