• Home
  • ताजा समाचार
  • १०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट
Image

१०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट

काठमाडौं, ७ असोज

नेपाल भ्रमणमा आएको १०औँ युरोपेली संसदका सांसदहरूको टोलीले एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग शिष्टाचार भेट गरेको छ । 

संसद भवन नयाँ बानेश्वरमा विहीबार भ्रमण टोलीका प्रमुख रिजनर एव्लीनसहित ६ जना सांसदहरूको टोलीले उपमहासचिव ज्ञवालीसँग अन्तर संसदीय छलफल गरेको छलफलमा सहभागी एमाले परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्यले जानकारी दिए ।

भेटमा युरोपेली संघले नेपाललाई गर्दै आएको विकास साझेदारी, नेपालको वर्तमान अवस्था, आगामी ४ मंसिरमा हुने निर्वाचन, स्थानीय तहको निर्वाचनलगायतको विषयमा छलफल केन्द्रित भएको थियो ।

युरोपेली सांसद टोलीकी प्रमुख एव्लीनले नेपालसँगको सहयोग साझेदारीलाई अझ विस्तार गर्दै लैजाने कुरामा सकारात्मक रहेको बताइन् । ‘नेपालको विकास र समृद्धिका लागि हामी निरन्तर सहयोग गर्न तयार छौँ,’ उनले भनिन्, प्रजातन्त्रको स्थायित्वका लागि पनि प्रभावकारी सहयोग गर्न तयार छौँ । हामी नेपाल दिगो विकासको लक्ष्यमा पुगेको देख्न चाहन्छौँ ।’

Related Posts

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १६५ पुग्योः बिपद प्राधिकरण

काठमाडौं, ११ भदौं । नेपाल र तिब्बतमा आएको आकस्मिक बाढी र पहिरोपछि ठूलो स्तरको आपतकालीन उद्धार कार्य जारी…

ByByanjana soni १ घण्टा अगाडि

फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित

  काठमाडौं । फेसन डिजाइनर सुक्निता चौलागाईं ‘एभरेस्ट एक्सिलेन्स अवार्ड–२०२६’ बाट सम्मानित भएकी छन्। एभरेस्ट इभेन्टले शनिबार काठमाडौंमा…

ByByanjana soni ३ दिन अगाडि

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni ४ दिन अगाडि

सुनको मुल्य बढदाँ चाँदीको भने घटयो

काठमाडौं, ७ भदौं ।आज पनि नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *