• Home
  • Uncategorized
  • निजगढका भारती बिकास रत्न पदक बाट सम्मानित

निजगढका भारती बिकास रत्न पदक बाट सम्मानित

बारा निजगढका मनोज भारति बिकाश रत्न पदकबाट सम्मानित हुनु हुने भएको छ। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट भारतीले पदक पाउन लागेका हुन् । व्यवसायसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेका भारती वैदेशिक रोजगारीबाट फर्किएर गार्मेन्ट उद्योग सञ्चालन गरेर सयौंलाई रोजगारी समेत दिएका छन् । भारतीले भुकम्प, कोभिड–१९, बाढी पहिरो लगायत विभिन्न विपत्त तथा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आएका छन् । उनले विद्यार्थी, खेलाडी, पत्रकार लगायतलाई समेत उद्योगबाट उत्पादित जर्सी उपलब्ध गराएर सहयोग गरेका छन् । श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टबाट सम्मान ग्रहण गर्दै मनोज भारती ।यस अघि उनी २०७६ मा श्रम तथा रोजगार मन्त्रालयबाट समेत सम्मानित भएका थिए । वैदेशिक रोजगारीबाट फर्केर उद्यममार्फत रोजगारी सृजना गरेको भन्दै उनलाई तत्कालिन श्रम मन्त्री गोकर्ण विष्टले सम्मान गरेका थिए ।

Related Posts

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni ३ हप्ता अगाडि

कांग्रेस केन्द्रीय सदस्य जितेर पनि विनिताले पाइनन् प्रमाणपत्र

काठमाडौँ, २८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित भए पनि विनिता खड्काले…

ByByanjana soni ३ हप्ता अगाडि

एक वर्षदेखि बेपत्ता लखिन्द्रको पर्खाइमा परिवार, भेट्टाउनुहुनेले खबर गरिदिन अपिल

रौतहट, २६ असोज । रौतहटको कटहरिया नगरपालिका–९, डुमरियाका लखिन्द्र कुमार यादव करिब एक वर्षदेखि बेपत्ता छन्। लामो समय…

ByByanjana soni ३ हप्ता अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal ४ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *